Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ लाख ७० हजारको होण्डा ‘एक्सआर १९० एल’ नेपाली बजारमा

काठमाडौं : भारतीय मोटरसाइकल निर्माता कम्पनी होण्डाको नयाँ अफ–रोड मोटरसाइकल ‘एक्सआर १९० एल’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि कम्पनीको आधिकारिक विक्रेता होण्डा नेपालले आइतवार टेकुमा औपचारिक कार्यक्रमको आयोजना गरी उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।

स्पोक्ड रिम, लङ्ग ट्राभल सस्पेन्सन र विश्वासिलो एयर कुल्ड इञ्जिनले यस ‘एक्सआर १९० एल’लाई उत्कृष्ट अफ–रोड मोटरसाइकल बनाएको कम्पनीको दाबी छ । यसअघि कम्पनीले ‘एक्सआर १५० एल’ बजारमा ल्याएको थियो । कम्पनीले थप विशेषता सहितको ‘एक्सआर १९० एल’ बजारमा ल्याएको हो ।

कम्पनीले यसलाई पुरानो मोडेल ‘एक्सएल १८५’ को आधुनिक रुपान्तरणको रुपमा बजारमा ल्याएको दाबी गरेको छ ।

फ्युल इन्जेक्सन रहेको यो मोटरसाइकलले इञ्जिनमा चाहिने मात्रामा मात्र इन्धन आपूर्ति गर्ने भएकाले चिसोमा पनि सजिलै स्टार्ट हुने र उत्कृष्ट माइलेज दिने कम्पनीले बताएको छ ।

१ सय २३ केजी तौल रहेको यस मोटरसाइकल चलाउन सहज र शुरुआती पिक अप उत्कृष्ट रहेको कम्पनीको दाबी छ । फ्युल इण्डिकेटरका साथमा १२ लिटर क्षमताको फ्युल ट्याङ्क रहेको छ । हाई ग्राउण्ड क्लियरेन्स भएता पनि मोटरसाइकलमा सिट भने सबै उचाइका चालकलाई उपयुक्त हुनेगरी कम उचाइमा राखिएको छ ।

मोटरसाइकलको मूल्य रू. ५ लाख ७० हजार तोकिएको छ ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्