Logo
८ बैशाख २०८१, शनिबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वराज नेपाल आउनु कुटनीतिक प्रक्रिया अनुसार असुहाउँदो : डा. कोइराला

बिराटनगर : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भारतीय बिदेशमन्त्री सुष्मा स्वराज एक्कासी नेपाल आउनु कुटनीतिक प्रक्रिया अनुसार असुहाउँदो र रहस्मय भएको बताएका छन् । डा. कोइरालाले नयाँ सरकार बसिनसकेपछि कुटनीतिक दूतहरु बिशेष भेटघाटमा आउने प्रचलन रहेको भएपनि नेपालमा चाहि नयाँ सरकार नबन्दै भारतीय बिदेशमन्त्री बिशेष रुपमा नेपाल आउनु रहस्यम भएको बताएका हुन् ।

गृह निवास बिराटनगरमा बिहीबार नेपाल प्रेस युनियन मोरङ गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले बाम गठबन्धनको सरकार बन्न लागिरहेकै बेला एक्कासी बिशेष दूतका रुपमा बिदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनु कुटनीतिक प्रकृया अनुसार असुहाउँदो र रहस्यम भएको जिकिर गरेका हुन् ।

उनले भने – ‘सरकार बनेकै छैन कसलाई भेट्ने, के कुरा गर्ने ?’ कोइरालाले नेपालका केही शिर्ष नेताहरुको आग्रहमा स्वराज नेपाल आउन लागेको आफूले जानकारी पाएको बताए । भारतीय बिदेशमन्त्री स्वराज आज बिशेष बिमानबाट नेपाल आउँदैछिन् ।

यसैगरी नेता कोइरालाले सम्पत्ती शुद्धिकरण गर्न अबसर दिएमा नेपालमा धेरै ठूलो आर्थिक संकट आउने बताएका छन् । भावी प्रधानमन्त्रीका रुपमा समेत चर्चित एमाले अध्यक्ष केपी ओलीले एक पटक सम्पत्ती शुद्धिकरण गर्न दिने कि भन्ने भनाई प्रति आपत्ति जनाउँदै कोइरालाले भावी प्रधामन्त्रीका रुपमा चर्चा पाएको व्यक्तिले त्यसो भन्नु अशोभनीय र गैर जिम्मेवार अभिव्यक्ति रहेको बताए ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्