Logo
१२ बैशाख २०८१, बुधबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री इरान प्रस्थान

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेतामाधवकुमार नेपाल आज इरान प्रस्थान गर्नुभएको छ ।इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलटिकल पार्टीजको सम्मेलनमा भाग लिन उहाँ आज त्यसतर्फ जानुभएको पार्टीका प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिनुभयो ।

इरानको राजधानी तेहरानमा यही माघ १९ र २० गते हुने उक्त सम्मेलनमा एसियाका ३०० भन्दाबढी राजनीतिक दल सहभागी हुँदैछन् ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकको राजनीतिक अवस्थाकाबारे सहभागी राष्ट्रका प्रतिनिधिलाई जानकारी गराउनु हुनेछ । उहाँ २२ गते स्वदेश फर्कनुहुनेछ । (रासस)

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्