Logo
१५ चैत्र २०८०, बिहीबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री चयनको जिम्मेवारी प्रदेशसभाबाट गर्ने एमालेको निर्णय

काठमाडौं : विभिन्न गुट-उपगुट्मा केन्द्रित हुन थालिएपछि एमालेले प्रदेशको मुख्यमन्त्री चयन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशको संसदीय दललाई दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले प्रदेशसभाको संसदीय दलको बैठकबाट नेता चयन गर्ने र सोही व्यक्तिले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने प्रक्रियालाई छनोट गरेको हो। मुख्यमन्त्री चयनको जिम्मेवारी प्रदेशसभालाई दिने निर्णय गरिएको कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले बताए ।

मुख्यमन्त्रीका लागि पार्टीमा एकभन्दा धेरै आकंक्षी देखिएपछि एमालेले सम्बन्धित प्रदेशसभाबाट नै निर्णय गर्ने अधिकार दिएको हो ।

एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशमा प्रादेशिक सरकार गठन गर्दैछ । त्यस्तै एमालेले वाम गठबन्धनसँग भएको सहमति अनुसार १, २, ३, ६ र ७ नम्बर प्रदेशमा सभामुखसमेत पाउनेछ । त्यस्तै प्रदेश नम्बर ४ र ५ मा एमालेकै उपसभामुख हुनेछन् ।

बैठकले राष्ट्रियसभा निर्वाचन अगाडि मतदातालाई भोट हाल्ने तरिका सिकाउन सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्