Logo
१२ आश्विन २०८०, शुक्रबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी मध्यावधिक चुनावमा रुसले दखल दिन सक्ने, उत्तर कोरिया थप शक्तिशाली

अमेरिकामा यो वर्षको अन्त्यतिर हुने मध्यावधिक चुनावमा रुसले दखल दिन सक्ने अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशकले बताएका छन् । सिआइएका निर्देशक माइक पोम्पियोले रुसले आउँदो नोभेम्बरमा हुने मध्यावधिक चुनावमा हस्तक्षेप गर्न सक्ने बताएका हुन् ।

रुस युरोपका विभिन्न देश र अमेरिकाको सरकारलाई कमजोर बनाउने प्रयासमा रहँदै आएको र त्यसमा अहिले पनि कमि आएको देखिएकाले खतरा रहेको उनको भनाई छ । अमेरिकी गुप्तचर निकाय सिआइएले सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा रुसले दखल दिएको मान्दै आएको छ । यस विषयमा अहिले विशेष समितिले छानविन गरिरहेको छ ।

यस्तो अवस्थामा रुसले नोभेम्बर ६ मा हुने मध्यावधिक चुनावलाई निशाना बनाउने सक्ने र त्यसका लागि अमेरिका चनाखो हुनु पर्ने उनले बताएका छन् । यस्तै उत्तर कोरियाले केही महिना भित्र अमेरिकामाथि परमाणु आक्रमण गर्न सक्ने क्षमता बनाउने पनि उनको भनाई छ ।

उनले पछिल्लो पटक डोनाल्ड ट्रम्प राष्ट्रपतिको पदका लागि अनुपयुक्त रहेको भन्ने कुरा बकवास रहेको पनि बताए । पोम्पियोले हरेक दिन बिहानै ट्रम्पलाई नयाँ जानकारी दिने गरेका छन् ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्