Logo
१३ बैशाख २०८१, बिहीबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्ना भागमा परेका मुख्यमन्त्रीको टुंगो लगाउँदै एमाले

काठमाडौं : आफ्ना भागमा परेका मुख्यमन्त्रीको टुंगो लगाउन एमाले स्थायी समितिको बैठक बस्दै छ । बैठकले सम्भवतः मंगलबार नै पार्टीको भागमा परेका मुख्यमन्त्री, सभामुख र उपसभामुखको टुंगो लगाउने छ । मुख्यमन्त्रीका लागि धेरै आकांक्षी भएपछि त्यसको निर्क्योल गर्न बैठक नै डाक्नु परेको हो । वाम गठबन्धनको साझेदारीअनुसार १, ३, ४, ५ प्रदेशका मुख्यमन्त्री एमालेको भागमा परेको छ ।

श्रोतका अनुसार सकेसम्म सर्वसम्मतरुपमा नभए प्रदेश कमिटिले चुनाव गराएर मुख्यमन्त्रीको अनुहार छान्ने पार्टीको तयारी छ । प्रदेश एकमा भीम आचार्य र शेरधन राई मुख्यमन्त्रीका लागि दौढधुप गरिरहेका छन् । प्रदेश तीनमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने पूर्व मौखिक सहमति भए पनि पछिल्लो समय राजेन्द्र पाण्डे पनि दौडमा छन् ।

प्रदेश चारमा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङबिच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा छ । पाँच प्रदेशमा भने शंकर पोखरेल मुख्यमन्त्री बन्ने प्रायः निश्चित छ । पोखरेल यसअघि नै प्रदेशको एमाले संसदीय दलको नेता चयन भइसकेका छन् ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्