Logo
१५ चैत्र २०८०, बिहीबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनका लागि अन्य शक्तिसँग पनि सहकार्य गर्ने गठबन्धनको निर्णय

काठमाडौं : माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजय बनाउन गठबन्धन बाहिरका शक्तिसँग पनि सहकार्य गरेर अघि बढ्ने निर्णय वाम गठबन्धनले गरेको छ । प्रदेशसभामा वाम गठबन्धन बाहेक नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायत अन्य १३ पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् ।

सोमबार सिंहदरबारमा बसेको गठबन्धनको कार्यदल बैठकले उम्मेदवारलाई जिताउन अन्य दलसँगको सहकार्यको विकल्प नभएको निश्कर्ष निकालेको बैठकपछि कार्यदलका सदस्य एवं नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले बताए ।

स्थानीय तहका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर र उपमेयर सहित ‘इलेक्ट्रोरल कलेज’ सदस्य भएकाले वाम गठबन्धनले बाहिरी समर्थन जुटाउन खोजेको हो ।  बैठकमा एमाले अध्यक्ष केपी ओली, नेता माधव नेपाल, सुवासचन्द्र नेम्वाङ र माओबादी अध्यक्ष पुष्पकमल दाहालसहित नेता रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्