Logo
२९ असार २०८२, आईतबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणकाजीको सट्टा राष्ट्रियसभामा बादललाई पठाउने माओवादीको निर्णय

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रिय सभामा रामबहादुर थापा बादललाई पठाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको शीर्ष नेता र प्रदेश इन्चार्जहरुको बैठकले बादलको नाम अनुमोदन गरेको हो । यस अघि नरायाणकाजी श्रेष्ठलाई रारिष्टय सभामा उम्मेदवार बनाइएन भनिएको थियो तर अहिले भने श्रेष्ठका सट्टा बादललाई पठाउने निर्णय गरिइएको बुझिएको छ ।

बादल प्रदेश नं. ३ बाट उम्मेदवार बन्नेछन् । उम्मेदवारको अन्तिम नामावली टुंग्याउने जिम्मा प्रचण्ड, वादल र नारायणकाजी श्रेष्ठलाई दिइएको छ । एमालेले २९ र माओवादीले १४ सिटमा प्रतिस्पर्धा गर्दैछन् । एमाले–माओवादीको सहमति अनुसार माओवादीको भागमा प्रदेश नं. ३ बाट एक सिट परेको थियो । तर, बादल एमाले माओवादीको साझा उम्मेदवार भएपछि माओवादीले प्रदेश नं. ३ बाट नुवाकोटकी विमला सुवेदीलाई पनि उठाउने भएको छ ।

माओवादीले प्रदेश १ र २ बाट महिला, ४ बाट दलित तथा ५, ६ र ७ मध्येबाट एक जना अपांगता भएकालाई पठाउने भएको छ । मंगलबार बस्ने शीर्ष नेताको बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरुको अन्तिम नामावली टुंग्याउने र सबैको नाम एकै पटक सार्वजनिक गर्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

एमाले–माओवादीको सिट वाँडफाँड : 

प्रदेश नम्बर १

एमाले ५
माओवादी १

प्रदेश नम्बर २

एमाले १
माओवादी १

प्रदेश नम्बर ३

एमाले ५
माओवादी १

प्रदेश नम्बर ४

एमाले ४
माओवादी २

प्रदेश नम्बर ५

एमाले ४
माओवादी २

प्रदेश नम्बर ६

एमाले ५
माओवादी ३

प्रदेश नम्बर ७

एमाले ४
माओवादी २

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्