Logo
१३ आश्विन २०८०, शनिबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रथम मेयरकप क्रिकेट : थालिगाडा सेमिफाइनलमा

बैतडी : दशरथचन्द नगरपालिका–६ थालिगाडा, यहाँ जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आज दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई पाँच विकेटले हराउँदै थालिगाडा सेमिफाइनल प्रवेश गरेको हो ।

बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर ब्याटिङ गरेको दुर्गाभवानी ८८ रनमा समेटियो । दुर्गाभवानीका गोविन्द भट्टले सर्वाधिक ४५ रन बनाए । बलिङतर्फ थालिगाडाका शंकर महरले चार विकेट लिए । दशरथचन्दले १३.५ ओभरमा ८९ रनको लक्ष्य पूरा ग¥यो । चन्दन रावल र लोकेन्द्र रावलले १५÷१५ रन बनाए ।

बलिङतर्फ दुर्गाभवानीका गोविन्द भट्टले तीन विकेट लिए । चार विकेट लिएका थालिगाडाका शंकर महर ‘म्यान अफ द म्याच’ घोषित भएको नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिनुभयो । मंगलबार सेमिफाइनलका खेल हुने छन् । पहिलो सेमिफाइनल खेल देहिमाण्डौँ र थालिगाडाबीच तथा दोस्रो सेमिफाइनल खलंगा र ग्वाल्लेकबीच हुनेछ ।

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्