Logo
६ बैशाख २०८१, बिहीबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरायसी विवादमा छोराले बुबाको घाँटी रेटी हत्या

 

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।

गएराति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाजानकारी दिनुभएको छ ।

हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुण्डी आफैँ आत्महत्या गरेको जस्तो देखाएको प्रहरीलले जनाएकोले शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको र हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्