Logo
१ श्रावण २०८२, बुधबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई महिनामा यमनबाट ३२ हजार जना विस्थापित : राष्ट्रसङ्घ

द्वन्द्वग्रस्त यमनमा गत दुई महिनाको अवधिमा झण्डै ३२ हजार नागरिक विस्थापित भएका छन् । युद्धबाट पिडित भएर उनीहरुले आफ्नो घर छाडेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले जनाएको छ । नियोगले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा यमनमा यस पहिले २० लाख सर्वसाधारण विस्थापित भएको उल्लेख गरिएको छ ।

नियोगका प्रवक्ता शाबी मन्टुले विद्रोहीहरुको प्रभाव परेको राजधानी सानामा द्वन्द्वको असर बढ्दै गएको बताउनु भयो । “यमनी नागरिकहरूको मृत्यु, विस्थापन लगायत युद्धको प्रभावका बारेमा हामीले निरन्तर निगरानी गरीरहेका छौँ,” उहाँले शुक्रबार ट्वीटरमा लेख्नु भएको छ ।

यमनमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले विश्वसमुदायबाट मान्यताप्राप्त सरकारलाई सत्तामा पुनः स्थापना गर्न हुथी विद्रोही विरुद्ध चालेको कदमका कारण सन् २०१५ र त्यसपछि अहिलेसम्म नौ हजार यमनीको मृत्यु भएको छ ।

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्