Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै तोडफोड

नेपालगन्ज : नेपालगन्ज स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तोडफोड भएको छ । एक सुत्केरी महिलाको उपचारको क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । मृत्यु हुनेमा दैलेख चौडाखाकी २२ वर्षीया सीता शाही हुन्, उनले बुधबार राति १ बजे अस्पतालमा छोरा जन्माएकी थिइन् । उनको उपचारको क्रममा बिहीबार दिउँसो ४ बजे मृत्यु भएको थियो । अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । शिशुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तोडफोडबाट अस्पतालको प्रशासन कक्ष, इमर्जेन्सीलगायतका करिब दर्जन सिसा फुटेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृतकका आफन्तहरुले नाराबाजी गर्दै अस्पताल तोडफोड गरेका हुन् । मृतक सशस्त्र प्रहरीका सहायक हवल्दार लालबहादुर शाहीकी पत्नी हुन् ।

पीडितका आफन्तले अस्पतालमा लागेको सम्पूर्ण खर्च मिनाहा हुनुपर्ने, पोस्टमार्टम गर्न काठमाडौं लैजानुपर्ने र आवश्यक खर्च ब्यहोर्नुपर्ने तथा बच्चालाई आजीवन सबै खर्च ब्यहोर्नुपर्ने माग गरेका छन् ।अस्पताल प्रशासनले भने हजार दिनसम्म्म शिशुको सबै खर्च ब्यहोर्ने जनाएको छ । बैठक बसेर आवश्यक निर्णय लिइने अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्