अस्त्र सहितको उत्तर कोरियालाई स्विकार नगर्ने
उत्तर कोरियाको बिषयलाई लिएर बसेको बैठकमा बीस राष्ट्रका विदेशमन्त्रीहरुले अस्त्र सहितको उत्तर कोरियालाई स्विकार नगर्ने बताएका छन् । मंगलवार क्यानडाको भ्यानकुभर शहरमा बसेको उक्त बैठकमा अधिकांश देशहरुले आणविक अस्त्र सहितको उत्तर कोरियालाई स्विकार नगनर प्योङयाङमाथि थप दवाव बढाउनुपर्ने र नाकाबन्दी लगाउनुपर्नेमा जोड दिएको बताइएको छ ।
बैठकमा सहभागि क्यानडाका विदेश मन्त्री क्रिस्टिया फ्रिल्याण्डले कोरियाली प्रायद्वीपमा कुटनीतिक सामाधान खोज्नु पर्ने आफ्नो देशको प्रतिवद्धतालाई दोहोर्याइन् । अर्को महिना दक्षिण कोरियामा आयोजना हुने शितकालीन ओलम्पिकमामा प्योङयाङ पनि सहभागि हुनेबारे दुई कोरियाबीच वार्ता पुनः सुरु भएका बेला ती राष्ट्रहरुको यस्तो धारणा आएको हो । तर, रुस र चीनलले भने उक्त बैठकलाई ‘गैरकानुनी र प्रतिउत्पादक’ भनेका छन् ।
चिनियाँ विदेश मन्त्रालयमा मंगलबार नै अयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लु काङले आणविक मुद्धा सम्बन्धि महत्वपूर्ण पक्ष सामेलन नभएको बैठकको कुनै बैधता नभएको बताएका थिए। ‘बैधता समेत नभएको यो बैठकलाई चीनले सुरु देखिनै अस्वीकार गर्दै आएको थियो,’ उनले भने ।
त्यस्तै रुसले भने बैठक सुरु हुनु एक दिन अघि नै त्यको विरोध गरेको थियो । सोमबार मस्कोमा अयोजित एक कार्यक्रममा रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले त्यसलाई प्रतिउत्पादक हुने बताएका थिए । क्यानेडाली विदेशमन्त्री फ्रिल्याण्डल र अमेरिकी विदेश मन्त्री रेक्स टिर्लसनले संयुक्त रुपमा अयोजाना गरेको बैठकमा बेलायत, जापान, दक्षिण कोरिया लगायतका विदेश मन्त्रीहरुको सहभागिता थियो ।