भागबण्डाको आधारमा प्रदेश प्रमुख : कोइराला, कायस्थ र झाको नाममा बिवाद
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि आज प्रदेश प्रमुख नियुक्ति गर्ने भएका छन् । भागबण्डाको आधारमा देउवाले प्रदेश प्रमुख ता्ेक्न लागेका हुन् । सरकारमा रहेका दलहरुले आपसी भागबण्डाको आधारमा प्रदेश प्रमुख नियुक्त गर्न लागेतापनि सक्तासिन दलहरुबीच नै बिवाद सुरु भएको छ । भागबण्डाका अधारमा कांग्रेसको भागमा ४, राजपा र फोरमको भागमा एक/एक र राप्रपाको भागमा एक परेको छ ।
जसअनुसार अनुराधा कोइराला, उमाकान्त झा र रत्नेशवर कायस्थका नममा बिवाद भएको छ । श्रोतका अनुसार कायस्थलाई प्रदेश नम्बर २ मा प्रमुख बनाउने फोरमको सहमती थियो तर सरकारले झालाई उक्त प्रदेश प्रमुखमा नियुक्त गर्न लागेपछि फोरमले असन्तुष्टि देखाएको हो । त्यस्तै प्रदेश नम्बर ३ मा कोइरालाको नाममा काग्रेस भित्रैबाट असन्तुष्टि आएको छ । देउवा निकट उच्च स्रोतका अनुसार प्रदेश १ मा गोविन्द सुब्बा र २ मा उमाकान्त झालाई प्रदेश प्रमुख तोकिने सम्भावित भएको छ ।
तर पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखका साथै अस्थायी राजधानी आजै तोक्ने भएको हो । प्रदेश प्रमुखमा कांग्रेस, मधेसवादी दल र राप्रपाले भागवण्डा गरेका छन् । त्यस्तै ३ मा अनुराधा कोइराला र ४ मा बाबुराम कुँवरलाई तोकिने भएको छ । प्रदेश नम्बर ५ मा रत्नेश्वर लाल कायस्थ, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाउने तयारी छ ।
आज दिउँसो ३ बजे बस्ने बैठकले उनीहरुको नाम फाईनल गर्ने भएको छ । त्यस्तै सरकारले अस्थायी राजधानी पनि आजै तोक्ने भएको छ । त्यस्तै सरकारले अस्थायी राजधानी पनि आजै तोक्ने भएको छ । स्रोतका अनुसार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को धनगढी तोकिने भएको छ । वम गठबन्धनमा आवद्ध दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग कुरा नमिलेपछि सरकारले राजपा, फोरम र राप्रपासँगको सहमतिमा आज प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको हो ।