Logo
१० आश्विन २०८०, बुधबार
(January 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सही परीक्षण नभएपछि उत्तर कोरियाले आफ्नै शहरमा खसाल्यो क्षेप्यास्त्र

पटक पटक क्षेप्यास्त्र परीक्षण गरेर चर्चामा आएका उत्तर कोरियाबारे एउटा नयाँ समाचार सार्वजनिक भएको छ ।
‘द डिप्लोम्याट’ नामक एक अन्तराष्ट्रिय पत्रिकाले उक्त समाचारको खुलासा गरेको हो ।  उक्त परित्रकाका अनु्सार उत्तर कोरियाले  आफ्नो अनियन्त्रित परमाणु कार्यक्रमको कारण विश्वकै टाउको दुखाई बनेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न परेको थियो ।

उत्तरको एक क्षेप्यास्त्र परीक्षण गलत हुन पुगेको थियो र त्यो क्षेप्यास्त्र उसकै एक शहरमा खसेको थियो । ‘द डिप्लोम्याट’ मा प्रकाशित एक विश्लेषणमा यस घटनाबारे उल्लेख गरिएको छ । यसलाई सम्पादक अंकित पान्डा र अमेरिकाका जेम्स मार्टिन सेन्टर फर नन प्रालिफरेशन स्टडीजका रिसर्चर डेव सिजमर्लरले तयार गरेका हुन् ।

यसकारण खस्यो क्षेप्यास्त्र :
रिपोर्टका अनुसार यो घटना २८ अप्रिल २०१७ को हो । अमेरिकी सरकारी सुत्रका अनुसार सो क्षेप्यास्त्र परीक्षण सही तरिकाले हुन सकेन र आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन । बिबिसीसँगको कुराकानीमा अंकित पान्डाले भने, ‘सो क्षेप्यास्त्रमा के गडबडी भएको थियो, कसैलाई थाहा छैन ।’ उनले भने, ‘जुन समय क्षेप्यास्त्र लञ्च गरियो, इन्जिनले काम गर्न छाड्यो र आफ्नो क्षेत्र छाड्न सकेन । पान्डका अनुसार सो क्षेप्यास्त्रमा तरल इन्धन थियो । यसको अर्थ क्षेप्यास्त्र जमिनमा खस्दा ठूलो विस्फोट पनि भएको थियो । यसको प्रमाण भूउपग्रहबाट लिइएको तस्विरमा रहेको उनको दाबी गरे ।

क्षति :
भूउपग्रहबाट लिइएको तस्विरको आधारमा कति क्षति भयो भन्ने कुरा यकिन गर्न गाह्रो हुने उनले बताए । यो क्षेप्यास्त्र टोकचोक शहरमा खसेको थियो ।डेव सिजमर्लरका अनुसार क्षेप्यास्त्र खसेको ठाउँमा ठूलो कालो धब्बा देखिएको थियो ।जहिले पनि क्षेप्यास्त्र परिक्षण गरेको दाबी गर्ने प्योङयाङले यो परिक्षणबारे कुनै दाबी गरेन । ह्वासोङ–१२ नाम गरेको यो मध्यम दुरीको क्षेप्यास्त्र थियो । अप्रिलमा परीक्षण असपल भएपछि मेमा पुनः यसको परीक्षण गरिएको थियो जसमा भने उत्तर सफल भएको थियो ।

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्