Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई भेट्न ‘रअ’ प्रमुख सहितका भारतीय कुटनैतिक टोली बैंककतिर !

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली बुधवार उपचारका लागि भन्दै थाइल्याण्डको बैंककतिर
लागेपनि उनी केही कुटनैतिक टोलीसँग समेत भेटघाट गर्ने खुलासा भएको छ । भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख अनिल धस्मना सहित भारतिय केहि कुटनैतिक टोली समेत बैंकक पुगेपछि उक्त कुराको रहस्यदोघाटन भएको हो ।

यसअघि नेपालका बिभिन्न संचारमाध्यमहरुले ओलीको बैंकक बसाईका बेला भारतीय कुटनैतिक निकायका प्रतिनिधिहरुसंँग समेत भेटघाट हुने दावी गर्दै समाचार सार्वजनिक गरेको थियो । भारतको दिल्ली स्थित समाचार श्रोतले भन्यो ‘बुधवार नै रअ प्रमुख धस्मना समेत केहि कुटनैतिक टोली बैंककतिर लागेका छन् ।’

समाचार श्रोतका अनुसार उक्त टोलीमा ‘रअ’ प्रमुख धस्मना सहित भारतीय विदेश मन्त्रालयका केहि पदाधिकारी सहित गृह मन्त्रालयका केहि पदाधिकारी समेत रहेका छन् । तर भारतीय सरकारी श्रोतले भने उक्त पदाधिकारीहरु छुटी बनाउन बैंककतिर लागेको बताएको छ ।

भारतको नयाँ दिल्लीबाट बैंककका लागि उडेका उक्त टोली ओलीसँगै भेट्न पुगेका हुन की होइनन् यसबारे कुनै पुष्टि नभएता पनि यसअघि आएका बिभिन्न समाचार र यो संयोगपछि ओलीसंगै भेटघाट गर्न पुगेको श्रोतको दावी छ ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्