Logo
१३ आश्विन २०८०, शनिबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानकारी गराएर सरकारले थाल्यो अस्थायी राजधानी तोक्ने तयारी

काठमाडौं : सरकारले प्रदेशको अस्थायी राजधानी तोकिने बताएको छ । मन्त्रीपरिषद्को कार्यालयले विज्ञप्ती जारी गरेर अस्थायी राजधानी तोकिने जनाएको हो । नेपालको संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभाबाट निर्णय हुने उल्लेख छ ।

विज्ञप्तीमा प्रदेशसभाका जरुरी कामका लागि अस्थायी स्थान तोकिने उल्लेख छ । सम्भवत अव बस्ने मन्त्रीपरिषद् वैठकले प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्ने छ। तत्काल अस्थायी राजधानी नतोक्ने र प्रदेश सभाका सांसदलाई काठमाडौंमै सपथ खुवाउने तयारी भैरहेका समाचार आईरहँदा प्रधानमन्त्री कार्यलयले अस्थायी राजधानीबारे आफ्नो धारणा बाहिर ल्याएको हो ।

प्रदेश सभाको बैठक बसी राजधानी नतोकेसम्म सरकारले अस्थायी स्थान तोक्नुपर्ने संवैधानिक व्यवस्था छ । यसैलाई आधार मानेर मन्त्रीपरिषद्को कार्यलयले जारी गरेको विज्ञप्तीमा छ, ‘प्रदेश सभा सदस्यको निर्वाचन भैसकेको अबस्थामा प्रदेश सभाका सदस्यहरुलाई सपथ ग्रहण गराउने लगायतका कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले प्रदशे कार्य संचालनका लागि अस्थायी रुपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेको व्योहोरा सर्वसाधरणलाई जानकारी गराइन्छ ।’

 

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्