Logo
११ बैशाख २०८१, मंगलबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्वराजा शाह र मुख्यमन्त्री योगी आदित्यनाथबीच लखनउमा भेटवार्ता

काठमाण्डौं : पुर्वराजा ज्ञानेन्द्र शाह र भारत स्थित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सोमवार भेटवार्ता भएको छ । मंगलवारसम्म अनिश्चित रहेको भनिएको उक्त भेटवार्ता सोमवार बिहान ११ बजे मुख्यमन्त्रीको सरकारी अवासमा भएको हो ।

मुख्यमन्त्री योगीले आफ्ना टवीटर र फेसबुक मार्फत उक्त भेटवार्ता बारेको फोटा सार्वजनिक गरेका छन् । मुख्यमन्त्री योगीले सरकारी अवासमा उक्त भेट भएको र नेपालको पुर्वराजालाई दोसल्ला आढाएर सम्मान गरिएको बताएकाछन् ।

हिजो आइतबार उक्तरप्रदेशका राजधानी लखनाऊ पुगेका पुर्वराजा ज्ञानेन्द्र शाह र योगीबीचको भेट समय यसअघि सार्वजानिक गरिएको थिएन । नेपालगञ्जको सडक मार्ग हुदै भारत स्थित उत्तर प्रदेशका राजधानी लखनाऊ पुगे लगत्तै पुर्वराजा ज्ञानेन्द्र शाहका सहयोगीहरुले मुख्यमन्त्री योगी आदित्यनाथसंग भेट्ने चाजोबोजो मिलाउन सक्रिय भएका थिए ।

उनीसँग विश्व हिन्दु महासंघका केहि पदाधिकारी समेत लखनाउ पुगेका हुन् । धार्मिक कनेक्सन जोड्दै विश्व हिन्दु परिषदका पदाधिकारीहरुले पुर्वराजा शाह र योगीबीच भेटवार्ता गराउने योजना बनाएका थिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका प्रेस सल्लाहकार मृत्युन्जय कुमारले नेपालका पुर्वराजाका हैसियतमा भन्दा पनि धार्मिक र दुई देशबीचको आपसी समबन्धमा रहेको भाइचारा सम्बन्धका अधारमा भेटवार्ता गरिएको बताए । यसमा कुनै राजनीतिक कुरा छैन यो समान्य भेटवार्ता हो उनले् भने ।

यसअघि पुर्व राजा शाह सर्वसाधारण झै भहराइच बोर्डरमा इण्ट्रि गराई सडक मार्ग हुदै लखनाउ पुगेका थिए । नेपालका कुनैपनि सरकारी अधिकारीले उनको यो भ्रमणबारे कुनै औपचारिक पुष्टि गरेका छैनन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसिले पुर्वराजाको भारत भ्रमणबारे कुनै पुष्टि गरेनन् । सर्वसाधारणको हैसियतमा जानु भा होला तर हामिलाई ओफिसयली कुनै जानकारी छैन, उनले भने ‘हामिले सोधखोज गर्ने कुरा पनि होइन खुल्ला बोर्डर छ, सर्वसाधराणको हैसियतमा जो पनि आवत जावत गर्न पाँउछन् । सिमामा अपनाउनुपर्ने नियम अनुसार उहाँपनि जानु भा होला हामिलाई कुनै मतलवको विषय पनि भएन ।’

नेपालगञ्जस्थित सोल्टी होटलका लगानीकर्ता समेत रहेका पूर्वराजा शाहले लखनउ बसाईंका क्रममा होटलका ग्राहक बृद्धिका लागि ब्यापारी लगायतसँग छलफल गर्ने बताइएको छ । त्यसबाहेक लखनउमा रहेका धार्मिक पीठहरुमा पूजाआजापनि गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ । उनको साथमा पत्नी कोमल, छोरी प्रेरणा लगायत छन् । गत पुष १३ गते मध्य तथा सुदुर पश्चिमको भ्रमणका लागि नेपालगञ्ज पुगेका पूर्व राजा नेपालगञ्जबाटै भारतीय शहर नेपालगञ्ज आएका हुन् ।

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्