Logo
७ बैशाख २०८१, शुक्रबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व राजा ज्ञानेन्द्र शाहको लखनाऊ यात्रा, तर अहिलेसम्म भएन योगी आदित्यनाथसँग भेट

नेपालगञ्जको सडक मार्ग हुदै भारत स्थित उत्तर प्रदेशका राजधानी लखनाऊ पुगेका पुर्वराजा ज्ञानेन्द्र शाहले अहिलेसम्म त्यहाँका मुख्यमन्त्री भेट्न पाएका छैनन् । उनी लखनाउ पुगे लगतै मुख्यमन्त्री योगी आदित्यनाथसंग भेट्ने चाजोबोजो थालेका थिए । उनीसँग विश्व हिन्दु महासंघका केहि पदाधिकारी समेत लखनाउ पुगेका छन् । धार्मिक कनेक्सन जोड्दै विश्व हिन्दु परिषदका पदाधिकारीहरुले पुर्वराजा शाह र योगीबीच भेटवार्ता गराउने योजना बनाएका थिए । तर दिल्ली स्थित भाजपा मुख्यालयबाट नेपालको सन्दर्भमा कुनै बिवादमा नपर्र्ने खालका आश्य ब्यक्त भएपछि योगीले पुर्वराजा शाहलाई भेट्न नमानेको बताइएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका प्रेस सल्लाहकार मृत्युन्जय कुमारले नेपालका पुर्वराजा शाहको सहयोगीबाट योगीलाई भेट्ने समय मागिएपनि अहिलेसम्म भेटको समय पनि तय नभएको र भेटघाट गर्ने कुने योजना पनि नरहेको बताए । नेपालका पुर्वराजा भएका हैसियतले योगीजीले सर्वसाधारण त्वरबाट भेटने कुरा आउदैन, यसबारे तत्कालै केहि भन्न सकिन्न ।

नागरिक टाइम्ससँगको प्रतिकृयामा उनले भने ‘नेपालका पुर्वराजा आफनै निजि कामले लखनाउ आउनु भएको छ, भन्ने हामिलाई थाह छ, उहाँले भेट्नपनि खोज्नु भएको हो तर मुख्यमन्त्रीजीको पहिलादेखि नै बिभिन्न कार्यक्रमहरु तय रहेकोले भेटबारे अहिले नै केहि भन्न सकिन्न । उत्तर प्रदेशमा हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) को सरकार छ र मुख्यमन्त्रीमा गोरखनाथ पीठका पीठाधीस समेत रहेका योगी आदित्यनाथ छन् ।

उनी सर्वसाधारण झै भहराइच बोर्डरमा इण्ट्रि गराई सडक मार्ग हुदै लखनाउ आएका हुन् । नेपालका कुनैपनि सरकारी अधिकारीले उनको यो भ्रमणबारे कुनै औपचारिक पुष्टि गरेका छैनन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसिले पुर्वराजाको भारत भ्रमणबारे कुनै पुष्टि गरेनन् । सर्वसाधारणको हैसियतमा जानु भा होला तर हामिलाई ओफिसयली कुनै जानकारी छैन, नागरिक टाइम्ससँगको कुराकानीमा उनले भने ‘हामिले सोधखोज गर्ने कुरा पनि होइन खुल्ला बोर्डर छ, सर्वसाधराणको हैसियतमा जो पनि आवत जावत गर्न पाँउछन् । सिमामा अपनाउनुपर्ने नियम अनुसार उहाँपनि जानु भा होला हामिलाई कुनै मतलवको विषय पनि भएन ।’

नेपालगञ्जस्थित सोल्टी होटलका लगानीकर्ता समेत रहेका पूर्वराजा शाहले लखनउ बसाईंका क्रममा होटलका ग्राहक बृद्धिका लागि ब्यापारी लगायतसँग छलफल गर्ने बताइएको छ । त्यसबाहेक लखनउमा रहेका धार्मिक पीठहरुमा पूजाआजापनि गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ । उनको साथमा पत्नी कोमल, छोरी प्रेरणा लगायत छन् । गत पुष १३ गते मध्य तथा सुदुर पश्चिमको भ्रमणका लागि नेपालगञ्ज पुगेका पूर्व राजा नेपालगञ्जबाटै भारतीय शहर नेपालगञ्ज आएका हुन् ।

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्