Logo
१५ आश्विन २०८०, सोमबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सकियो प्रचण्ड र ओलीको वार्ता, संयोजन समितिको बैठकले नयाँ निर्णय लिने

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार साँझ भएको भेटवार्ता सकिएको छ । दुई सातायता अस्वस्थ्य रहेका ओली नियमित चेकजाँचका लागि विदेश जानु अघि नै पार्टी एकताका विषयमा ठोस निर्णय गर्ने विषयमा दुई नेताबीच सहमति भएको छ ।

भेटमा पछिल्लो राजनीतिक विकासक्रम, पार्टी एकता, नयाँ सरकार गठन लगायत विषयमा छलफल भएको छ । ओली निवास बालकोटमा प्रचण्ड र ओलीबीच भएको भेटमा दुई पार्टीबीच एकता संयोजन समितिको बैठक मंगलबार बस्ने सहमति भएको छ ।

बैठकले राजनीतिक, वैचारिक र संगठनात्मक समिती बनाएर एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेको भेटपछि प्रचण्डले पत्रकारलाई जानकारी दिए । ओली नियमित स्वास्थ्य चेकजाँचका लागि २६ गते थाइल्याण्ड जाने तयारीमा छन् ।

प्रकाशित मिति: Jan 7, 2018

प्रतिक्रिया दिनुहोस्