Logo
२६ असार २०८२, बिहीबार
(January 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीसहित देशभर चिसो एक्कासी बढ्यो

काठमाडौं : राजधानीसहित देशभर एक्कासी चिसो बढेको छ । साँझ परेपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल विकास नभएर आकाश छ्यांग खुल्दा काठमाडौंसहित मुलुकभर एक्कासि चिसो बढेको हो ।

आकाश खुला भएर शीत र तुसारोको मात्रा बढेपछि चिसो ह्रवात्तै बढेको जल तथा मौसम विभागले जनाएको छ । बिहान, दिउँसो घाम लागेर जमिन ताते पनि साँझ परेपछि आकाशतर्फ फर्कने ‘लङ वेव रेडिएसन’ वायुमण्डलतर्फ जाने भएकाले एक्कासि चिसो महसुस गरिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।

‘आकाश खुला नभएको अवस्थामा पृथ्वीमा रहेको तापक्रम कमै मात्र वायुमण्डलमा फर्किन्छ ।’ उनले भने, ’तर हिजो आज आकाश प्रष्ट रुपमा खुला भएकाले साँझ परेपछि जमिनको तापक्रम सीधै वायुमण्डलमा फर्किने गरेको छ ।’

यता दुई दिनयता पश्चिमी हावासँगै शीतलहरले बढाएको जाडोले मध्यपुर्वी तराई मधेसमा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

प्रदेश नम्बर १ का झापा, मोरङर सुनसरी तथा प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, र महोत्तरीमा दुई दिनयता तापक्रम लगातार गिर्दो छ ।

अधिकतम तापक्रम र न्युनतम तापक्रमबीच धेरै अन्तर रहेकाले सो क्षेत्रमा शीतलहर र चिसो बढेको मौसमविद्को भनाई छ ।

प्रकाशित मिति: Jan 4, 2018

प्रतिक्रिया दिनुहोस्