Logo
२९ असार २०८२, आईतबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन माग

भैरहवा : जिल्ला समन्वय समितिको (जिसस) संयोजनमा स्थानिय तहको बसेको बैठकले प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमै राख्न माग गरेको छ । जिससको कार्यालय भैरहवामा जिल्लामा रहेका १६ वटै स्थानिय तहका प्रमुख तथा उप प्रमुखहरुको बैठकले प्रदेशको राजधानी रुपन्देहीमै राख्न माग गरेको हो ।

जिसस रुपन्देहीले रुपन्देहीमै राजधानी बनाउन जिल्लामा रहेका संघ संस्थाहरुलाई आवश्यक दबाव र निर्णय प्रति ऐक्यवद्धता जनाउन अह्वान समेत गरेको छ । बुधबार बसेको बैठकले ३ बुंदे निर्णय गरेको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले बताए । बैठकले रुपन्देहीका सम्पूर्ण स्थानिय तह, निर्वाचित जनप्रतिनिधि तथा समग्र रुपन्देही जिल्ला वासीको तर्फबाट रुपन्देही जिल्लालाई प्रदेशको केन्द्र तोक्न नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको विश्वकर्माले बताए ।

यस्तै उक्त निर्णय गर्न सरकारलाई दबाव दिने गरि जिल्ला स्थित सम्पूर्ण संघ संस्था, नागरिक समाज, राजनैतिक दल, प्रतिनिधि सभा तथा प्रदेश सभाका नव निर्वाचित सांसद लगायत सबैमा अनुरोध गर्ने निर्णय समेत पारीत गरिएको छ ।बैठकले प्रदेशको केन्द्र रुपन्देहीलाई स्विकृत गराउन प्रदेश नम्बर ५ का सम्पूर्ण जिल्लाका स्थानिय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समिति, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य लगायतलाई ऐक्यवद्धताका लागी समेत गर्ने निर्णय गरेको प्रमुख विश्वकर्माले बताए ।

कांग्रेसको माग पनि रुपन्देही
यसैबिच नेपाली काँग्रेस रुपन्देहीले पनि ५ नम्बर प्रदेशको अस्थायी राजधानी रुपन्देहीमा तोक्न सरकारसगँ माग गरेको छ । सरकारले सात वटै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारीमा रहेका बेला काँग्रेस रुपन्देहीले भौतिक पुर्वाधार तथा जनघनत्वको हिसावले समेत ५ नम्वर प्रदेशको राजधानी रुपन्देही उपयुक्त हुने ठहर गर्दै सरकारले सुरुमा तोक्ने अस्थायी राजधानी रुपन्देहीमा तोक्न माग गरेको हो ।

नेपाली काँग्रेस रुपन्देहीको मगंलवार भैरहवामा बसेको जिल्ला कार्य समितिको बैठकले पहाडी जिल्लालाई पायक पर्ने तथा प्रदेश सरकार संचालनका लागी भौतिक पुर्वाधारमा समेत रुपन्देही सक्षम रहेकाले प्रदेशको अस्थायी राजधानी रुपन्देहीलाई तोक्नु पर्ने निर्णय गरेको जिल्ला सचिव रामकृष्ण खाँणले जानकारी दिए । प्रदेश मन्त्रालयको लागी भवन, सडक संजाल, अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी जस्ता कारणले राजधानीका लागी रुपन्देही उपयुक्त हुने भएकाले सरकारले ५ नम्बर प्रदेशको अस्थायी राजधानी तोक्दा रुपन्देही तोकिनु पर्ने उनले बताए ।

प्रतिनीधी सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भए पश्चात पहिलो पटक बसेको नेपाली काँग्रेस रुपन्देहीको बैठकले पार्टीका आधिकारीक उम्मेदवार बिरुद्ध बागी उठेका उम्मेदवार, प्रस्ताव तथा समर्थकलाई यस अघि गरिएको कार्यवाहीको निर्णय पनि सदर गरिएको छ । जिल्ला सभापति अब्दुल रज्जाकको अध्यक्षतामा बसेको बैठकले जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाइ असहयोग गर्नेहरुको नामावली संकलनका लागी क्षेत्र, नगर तथा बुथहरुलाई पत्राचार समेत गरेको छ ।

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्