Logo
१३ बैशाख २०८१, बिहीबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोटीलाई पनि चाहियो राजधानी : मोटरसाइकलमा आगजनी

डोटी : प्रदेश नम्बर ७ को राजधानी डोटी हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका आन्दोलनकारीले एक मोटरसाइकलमा आगजनी गरेका छन् । डोटी जिल्ला सदरमुकाम सिलगढीमा मोटर साइकलमा आगजनी गरिएको हो । प्रदेशको अस्थायी राजधानीका विषयमा सिफारिस समितिले प्रदेश नम्बरको ७ को राजधानी कैलाली सिफारिस गरेको भन्दै सो निर्णयको विरोधमा डोटीमा आन्दोलन चर्किएको हो ।

सरकारले साविकको क्षेत्रीय सदरमुकामलाई उपेक्षा गर्दै धनगढी राजधानी बनाउन खोजेको भन्दै डोटीमा आज बन्दको आह्वान गरिएको छ ।  ७ नम्बर प्रदेशको राजधानी डोटी बनाउन माग गर्दै आएका आन्दोलनकारीले बन्दको अबज्ञा गरेको भन्दै से १ प ८८६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् । बन्दका कारण यातायातका साधन पूर्णरुपमा ठप्प भएका छन् । लामो तथा छोटो दुरीका यातायात साधन रोकिएका छन् । १२ गतेदेखि एक हप्तासम्म शान्तिपुर्ण रुपमा सञ्चालनमा रहेको आन्दोलन मंगलबारदेखि आन्दोलन उग्र बन्दै गएको छ ।

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्