Logo
१३ बैशाख २०८१, बिहीबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैनिक ८ देखी ९ घण्टासम्म लोडसेडिङ !

लोडसेडिङका कारण हुम्लाका व्यवसायी अप्ठ्यारोमा परेको छन् । दैनिक ८ देखी ९ घण्टासम्म लोडसेडिङ भएपछि व्यापार व्यवसाय तथा कार्यालयमा असर परेको छ । बत्तिको अभावमा दुईवटा सामुदायिक रेडियो (कैलाश र कर्णाली आवाज) प्रत्यक्ष मारमा परेका छन् । विद्युतको आपूर्ति नहुदा प्रशारणकाे अवधि घटाउनु पर्ने बाध्यता अाएकाे सामुदायिक रेडियाे कर्णाली अवाजका स्टेशन म्यानेजर नवराज महताराले बताए ।

विहान ६ देखि १० बजेसम्म र बेलुका ४ देखि ८ बजेसम्म विद्युत् आपूर्तीमा कटौती भएपछि काम गरेर खान सक्ने वातावरण नभएको आइ.टी. टेक्नोलोजीका सञ्चालक गगन ऐडीले दुखेसो गरे । ‘कहिले काहीँ त तालिका विनानै लोडसेडिङ हुँदा ठूलो समस्या आइपर्छ ।’ ऐडीले भने,‘बत्ति नहुदा प्रेस तथा फ्लेक्स प्रिन्ट गर्न व्यापारमा २० हजार बराबरको व्यापारमा घाटा भइरहेको छ ।’ ब्याज तिर्न पनि समस्या भएको अर्का व्यवसायी थार्पा ऐडीले बताए ।

लोडसेडिङले व्यवसायीलाई मात्र नभएर जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयको काममा सममेत समस्या पारेको छ । सर्केगाड गाउँपालिकाबाट काम विशेषले सिमिकोट आएका राजेन्द्र कार्कीले छिनमै हुने काम बत्तिको समस्याले २ दिनसम्म कुर्नु परेको पीडा सुनाए । कार्यलयको कामको चाप धेरै रहेको भएता पनि बत्तीले साथ नदिँदा रातभरी काम गर्नु परेको जिल्ला शिक्षा कार्यालय हुम्लाका लेखापाल सुरत बहादुर रेश्मीले नयाँ पत्रिकालाई बताए ।

त्यसैगरी, जिल्ला अस्पतालमा विरामीको चेकजाँच गर्न समस्या परेको छ । एक्सरे लगायत अन्य विद्युतिय अत्याधुनिक उपकरणहरु विद्युतको अभावमा समस्या आएको डा. नविन रोकायाको बताए । सिमिकोटमा रहेको ५ सय किलोवाट बत्ति उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालनमा रहेको हेल्दुङ्ग वितरण केन्द्रको क्षमतामा वृद्धि नहुनु, पानीको बहाब घट्नु, ग्राहकको संख्या उल्लेख्य वृद्धि हुनु, हिटरलगायतका सामाग्रीको अत्यधिक प्रयोग हुनु लगायतका कारण विद्युत आपूर्तिमा समस्या आएको निमित्त वितरण केन्द्र प्रमूख कल बोहोराको जवाफ छ ।

वितरण केन्द्रले सिमिकोट गाउँपालिकाका १ हजार ५ सय ५६ ग्राहकलाई विद्युत आपूर्ति गर्दै आएको छ । सिमिकोटमा अहिले १ सय ८० किलोवाट क्षमता भए नियमित विद्युत आपूर्ति गर्न सकिने वितरण केन्द्रको अनुमान छ । आगामी वर्षमा वैकल्पिक विद्युत मुहान हेप्का खोला वा दोजामखोला जस्ता पानीको बहाव कहिल्यै अभाव नहुने ठाउँबाट विद्युतको उत्पादन गर्न नसकिए उक्त समस्याबाट मुक्त पाइने नेपाल विद्युत प्राधिकरण, हेल्दुङ्ग वितरण केन्द्र, हुम्लाले विश्वास छ । हाल १ सय ८० किलोवाट मात्र पानी भएको र २ वटा टर्वाईन मध्ये एक मात्र टर्वाईनबाट मात्र विद्युत उत्पादन गर्न सकिएको बोहोराले बताए । बहाव कम हुने समयमा पानी रिजर्व गर्न ५ करोड लागतमा बनाइएको ट्याकी प्रयोग विहिन बनेको छ ।

प्रकाशित मिति: Jan 1, 2018

प्रतिक्रिया दिनुहोस्