Logo
११ बैशाख २०८१, मंगलबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनकुटालाई प्रदेश राजधानी बनाउन भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

धनकुटा : जनतालाई दिएको आश्वासन पूरा गर्न यहाँका राजनीतिक दलहरुले प्रदेश राजधानीको माग गर्दै आन्दोलन गर्ने सम्मका कार्यक्रम सार्वजनिक गरेका छन् । स्थानिय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका क्रममा दलहरुको मुख्य एजेण्डा बनेको धनकुटालाई राजधानी बनाउने आश्वासनले आन्दोलनको रुप लिने भएको छ ।

प्रदेश नं.१ को राजधानी धनकुटालाई बनाउन भन्दै मङ्सिर २९ गतेबाट आन्दोलन गर्दै आएको सङ्घर्ष समितिको कार्यक्रम अब यहाँका राजनीतिक दलहरुले गर्ने भएका छन् । सङ्घर्ष समितिले शनिवार दल तथा सरोकारवालाहरुसँगको बैठक तथा परामर्श पछि दलका जिल्ला प्रतिनिधिहरुले आन्दोलनको नेतृत्व लिएका हुन् । सर्वदलीय बैठकले नेकपा एमालेका तर्फबाट सचिव सुरेन्द्र पौडेल, नेपाली काङ्ग्रेसका तर्फबाट जिल्ला सदस्य बिष्णु पौडेल, नेकपा माओवादी केन्द्रका तर्फबाट सचिवालय सदस्य तिलक प्रसाद राई र सङ्घीय समाजवादी फोरमका तर्फबाट नगर इञ्चार्ज सरोज आठपहरीयाले आन्दोलनको नेतृत्व लिएका छन् ।

सर्वपक्षीय बैठकपछि थप आन्दोलनको कार्यक्रम गर्न सहकार्य गर्नका लागि दलहरुले आपसी परामर्श गर्ने जानकारी दिएका छन् । बैठकले आइतवार १२ बजे पछि धनकुटा बजार बन्द गरेर बजारमा प्रदर्शन गर्ने तथा दैनिक रुपमा चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । धनकुटाका जनप्रतिनिधिहरुले आइतवार नै काठमाडौंको माईतिघर मण्डला र सोमवार सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेको बताएका छन् । प्रदेश राजधानीका लागि धनकुटा उपयुक्त भएपनि केन्द्रमा यस बिषयमा गलत सूचना गएकोले धनकुटाले आन्दोलनमा उत्रनु परेको संघर्ष समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्