Logo
१० आश्विन २०८०, बुधबार
(December 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इस्लामिक मुलुक इरानमा जनताले थाल्यो सरकार विरोधी प्रदर्शन

इस्लामिक मुलुक इरानमा पछिल्लो समय सरकार विरोधी प्रदर्शन फैलिँदै गएको छ । पछिल्लो केहि दिनदेखि  पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन शुक्रबारसम्म राजधानी तेहरानसहित प्रमुख शहरहरुमा फैलिएको छ । विरोध प्रदर्शनपछि अधिकारीहरु त्रसित छन् किनकी इरानमा विरोध प्रदर्शन विरलै हुन्छ । अहिले विरोध प्रदर्शन हुनुमा विदेशी एजेन्ट्सलाई जिम्मेदार ठहराइएको छ ।

यो प्रदर्शन मूल्य वृद्धिको विरोधमा सुरु भएको हो । यो प्रदर्शन सन् २००९ मा विवादित चुनावको विरोधमा भएको प्रदर्शनपछिकै ठूलो हो । सरकारको चेतावनीलाई बेवास्ता गर्दै सामाजिक सञ्जालमार्फत विरोध प्रदर्शनमा सहभागी हुन अपिल गर्ने क्रम रोकिएको छैन ।

राजधानी तेहरानमा विरोध प्रदर्शनमा सहभागी केहीलाई पक्राउ गरिएको छ । विहीबार मशहद शहरमा भएको प्रदर्शनमा सहभागी ५२ जनालाई पनि हिरासतमा लिइएको थियो । सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिएका भिडियोहरुमा करमशान शहरमा शुक्रबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको देखिन्छ ।

प्रकाशित मिति: Dec 30, 2017

प्रतिक्रिया दिनुहोस्