Logo
२७ असार २०८२, शुक्रबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा र भारतीय राजदूत पुरीबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले शुक्रबार बिहान भेटवार्ता गरेका छन् । भेटमा समसामयीक राजनीतिबारे छलफल भएको बताइएको छ ।

भेटमा के कुराकानी भएको हो त्यसबारे सरकारले औपचारिकमा रपमा केहि खुलाएको छैन ।  नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने तयारी गरिरहेका बेला कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

कांग्रेसको कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला भारतीय राजदूत पुरी बालुवाटार पुगेका थिए । राजदूत पूरी झण्डै आधा घण्टापछि बालुवाटारबाट बाहिरिएका छन् ।

 

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्