Logo
७ बैशाख २०८१, शुक्रबार
(December 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेमको नाटक गरेर फेसबुकबाट लाखौंको ठगी गर्ने पक्राउ

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको माङखा घर भएका तुल बहादुर तामाङले फेसबुक मार्फत लाखौंको ठगी गरेपछि पक्राउ परेका छन् ।  आफु अमेरिकन आर्मी भएको र भुकम्पमा परेर आमाको मृत्यु भएको र प्रहरी अधिकृत बाबु सहित परिवारका सबै सदस्य अमेरिकामा भएको कुरा बताउने उनी काठमाडौंमा भाडाको ट्याक्सी चलाउँथे ।

फेसबुकबाट उनी अनेकन केटीको सम्पर्कमा पुगेका थिए । यही क्रममा उनले संखुवासभाको नुममा घर भएकी करिव २१ वर्षकी एक युवतीसँग सम्पर्क बढाए । उनीहरुबीचको माया पिरतीको यति गहिरिएको केही महिनामै परिवारकै सहमतीमा बिहे गरे । त्यसपछि श्रीमती लिएर काठमाडौं आए । तर आफ्नो घर भने लगेनन्। बरु उनलाई केही दिन काठमाडौं घुमाएर माईत नै फर्काइदिए । बिहे पछिका केही महिनासम्म तुलले युवतीलाई केही दिनका लागि काठमाडौं बोलाउँथे र फेरी माईतै फर्काइदिन्थे ।

घटना प्रहरी सम्म पुगयो, प्रहरी अनुसन्धान पछि पोल खुल्यो, २१ लाख रुपैयाँ हात पारेपछि तुल आफ्नो गाउँ माङखा पुगेर लुकेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गर्न सिन्धुपाल्चोकको बाह्रबिसे इलाका प्रहरी कार्यालयसँग सहयोग लियो । बाह्रबिसे ईलाका प्रहरी कार्यालयले तुललाई मंसिर २२ गते उनकै खाडीचौर बजारबाट पक्राउ गरेर काठमाडौं पठाइदियो ।

प्रहरीको अनुसन्धान पछि पत्ता लाग्यो कि तुलले विगतमा गरेको यस्तै प्रकृतीका ठगीका अन्य घटना पनि गरेका रहेछन् । प्रहरीका अनुसार उनले दुई वर्ष अघि पनि आफू क्यानडा बस्ने र उतैको पिआर होल्डर भएको बताउँदै फेसबुकमार्फत एउटी युवतीलाई जालोमा पारेका रहेछन् । क्यानडा लैजाने भन्दै १८ लाख रुपैयाँ लिएर फरार भएपछि तुलमान विरुद्ध वैदेशिक रोजगार विभागमा मुद्दा परेको रहेछ। विभागको अनुसन्धान पछि १८ लाख धरौटी बुझाएर तुलमान मुक्त भएका रहेछन् ।

प्रकाशित मिति: Dec 27, 2017

प्रतिक्रिया दिनुहोस्