Logo
७ बैशाख २०८१, शुक्रबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको चुनाव तर चीनको जीत : अन्तराष्ट्रिय मिडिया

काठमाडौं : प्रदेश र प्रतिनिधिसभामा भएको वाम गठवन्धनको चुनावी जितलाई कतिपय अन्तराष्ट्रिय मिडियाले चीनको जितको रुपमा चित्रण गरेका छन् । ती मिडियाले अब बन्ने वाम गठवन्धनको सरकारबाट चिनियाँको वर्चश्व अझै बढ्ने जिकीर गरेका छन् ।

त्यसरी समाचार लेख्नेमा द ईकोनोमिष्ट म्यागजिनले आफ्ना टिप्पणीको शीर्षकनै द म्यागजिन आफ माओ दिएको छ । द न्यूयोर्क टाईम्समा वामपन्थीहरुको विजयलाई छिमेकी चीनसंग निकटस्थहरुको विजयको रुपमा उल्लेख गरिएको छ ।

भारतीय पत्रिका ईण्डीया टुडेले केपि ओलीलाई लामो समयदेखी भारतसंग सम्वन्ध भएको भएपछि पछिल्लो पटक बेईजिङतिर झुकाव राखेको भनि उल्लेख गरेको छ । वासिङटन पोष्टले नेपालको चुनावमा भारत कि चीन विजयी होला भन्ने शीर्षकमा समाचार लेखेको थियो ।

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्