Logo
२८ कार्तिक २०८१, बुधबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी ३ मा पुनः मतदानको माग गर्दै एमालेको प्रदर्शन

सुनसरी : सुनसरी क्षेत्र नम्बर ३ मा पुनः मतदानको माग गर्दै एमाले कार्यकर्ताले सदरमुकाम इनरुवामा बिहीबार विरोध प्रर्दशन गरेका छन् । एमाले नेतृ भगवती चौधरीका  सर्मथकहरुले इनरुवा बजारमा विरोध प्रर्दशन गरेपछि इनरुवाको जनजीवन प्रभावित बनेको छ । बुधबार सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी कांग्रेस नेता गच्छदारसँग ३ सय २१ मतको झिनो मतअन्तरले पराजित भएकी थिइन् ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले राज्यको शक्तिकाे दुरुपयाेग गरेर एमाले नेतृ चौधरीलाई पराजित गरेको भन्दै इनरुवामा हजाराै‌ एमाले कार्यकर्ता निर्वाचन परिणामको विरुद्ध विरोध प्रदर्शन गरेका हुन् । पराजितको पीडा बेहोरेकी चौधरीले गच्छदारले निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीलाई खरिद गरेर चुनावी नतिजा आफ्नो पक्षमा पारेको आरोप लगाउँदै आएकी छन् ।

बुधबार नै निर्वाचन आयोगको मत परिणामलाई अस्वीकार गरी उनले कानुनी उपचारका लागि अदालतमा जाने बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी छन् । भगवतीले अन्नपूर्णसँगको टेलिफोन सम्पर्कमा निर्वाचन आयोगमा पुनः मतदान गराउन र निर्वाचन अधिकृतलाई कारवाही गरी नयाँ निर्वाचन अधिकृत नियुक्ति गर्न माग गर्दा समेत वास्ता नगरेपछि कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएको बताएकी छन् ।

एमाले कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएपछि इनरुवामा तनाव उत्पन्न भएको छ । हजारौंको संख्यामा उपस्थित भएका एमाले कार्यकताले उपप्रधानमन्त्री गच्छदार र निर्वाचन अधिकृत टिकाभुषण घिमिरे विरुद्ध नाराबाजी गरिरहेका छन् । स्थिति साम्य पार्नका लागि चोक चोकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिए पनि भीड नियन्त्रण भने हुन नसकेको छैन् ।

कांग्रेस सुनसरी सभापती राजिव कोइरालाले पराजित मानसिकताका कारण एमाले नेतृ भगवती चौधरीले कार्यकर्ता उतारेर विरोध पर्दशन गरेको बताए । उनको जनमतको कदर गर्न नसक्ने चौधरीले अराजनैतिक गतिविधि सिर्जना गरेको पनि आरोप छ ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्