Logo
२४ मंसिर २०८१, सोमबार
(December 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राध्यापक डा. माधवी सिंह शाहको ‘अघि सरेका पाइला’ बजारमा

काठमाडौं । प्राध्यापक डा. माधवी सिंह शाहको ‘अघि सरेका पाइला’ नामक कृति बजारमा आएको छ ।
मानव समाज र सभ्यताले भोगिरहेको अत्यान्त संवेदनशील विषयमाथि प्रकाश पारिएको उक्त कृति बुधबारदेखि बजारमा आएको हो ।

डा.सिंह शाहको कृतिमा भावनात्मक, ह्दययस्पर्शी शब्द तथा अभिव्यक्तिमा आमा तथा उनका छोराछोरीबीचको गहिरो वात्सल्यपूर्ण सम्बन्धलाई मनै छुने गरी प्रस्तुत गरिएको छ । २६ वटा अनुभव÷अनुभूति समावेश गरिएको कृतिमा अंकित तथा वर्णित अनुभूतिहरु कसैको पनि ह्दयलाई मर्माहित तथा तरङ्गित पार्ने खालको रहेको देखिन्छ ।

डा.सिंह शाह अर्थशास्त्रका प्राध्यापक तथा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका पूर्वअध्यक्ष हुन । उनी सामाजिक संस्था ‘राहत’ का संस्थापक अध्यक्ष र मानव दायित्वमा समर्पित अन्तर्राष्ट्रिय संजाल ‘उत्तरदायी विश्व समाज’ का सदस्य समेत हुन ।

प्रज्ञिक तथा सामाजिक विकास क्षेत्रका अनुभव बटुल्ने मौका पाएकी डा.सिंह शाहले उक्त कृतिमा संवेदनाका अति सुक्ष्म–पक्षहरुलाई गहन रुपमा प्रस्तुत गरेकी छन् ।

यस्तै,महिला विकास तथा सशक्तिकरणसँग सम्बन्धित चेलीबेटी बेचबिखन विरुद्धको अभियान, वैदेशिक रोजगारमा महिलाको स्थीति तथा लैंङ्कि समानताको अवधारणाबारे विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ/संस्थामा आवद्ध भएर अध्ययन अनुसन्धानमा संलग्न भएकी डा. सिंह शाहको उक्त कृतिमा आधुनीक सन्दर्भ र समाजमा पारिवारिक घनिष्टता तथा मानवयतामा आएको ह्रासको मार्मिक एंव सजीव चित्रण गरिएको छ ।

त्यसैगरि मानव–जीवनका उज्याला फाँटहरुलाई पनि उत्तिकै सहज र सन्तुलित रुपमा औल्याइएको छ । लेखक सिंहले विगत लामोसमयदेखि आर्थिक तथा समाजिक विषयमा अनुसन्धानात्मक लेख समेत लेख्ने गरेकी छन् ।

प्रकाशित मिति: Dec 13, 2017

प्रतिक्रिया दिनुहोस्