Logo
९ आश्विन २०८०, मंगलबार
(December 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमरेस कुमारको धम्की : ‘आफूलाई मत नदिए गोली हानदिन्छु’

सर्लाही : निर्वाचन प्रक्रिया अनुसार मौन अवधी जारी रहेको भएता पनि सर्लाही स्थित यस्को धजया उडायएको छ । क्षेत्र नम्बर ४ का लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अमरेसकुमार सिंहले घर-घर गएर आफूलाई मतदान नगरे गोली मारिदिनेसम्मको धम्की दिने गरेका छन् ।

अमरेसका बिपक्षी मानिएकनहरुको घर घरमा गई उनले त्यस्तो शब्दमा धम्की दिने गरेको बलरा नगरपालिका ५ अर्नाहाका चन्देश्वर प्रसाद कुशवाहाले बताए । ‘मलाई टेलिफोन गरेर नै धम्की दिने गरेकाछन् छन’ उनले भने -‘मेरो बिपक्षमा मत दिए दिलाए वा त्यस्तो कुनै गतिबिधि गरे तेरो खैरियत छैन्’ ।

कुशवाहाले उनकै कुरा उदृत गर्दे भने ‘गोलीसम्म हान्न म डराउदिन होस गरेर बस्ने’ सम्मको धम्की दिएका छन् । उनले भने यस्ता धम्की कयौलाई दिएका छन् । आफूले यसबारे सुरक्षा प्रसाशन समक्ष समेत आफना समस्या राखिसकेको तर सुरक्षा समेत अमरेसकै पक्षमा रहेका देखिएकोले आफू मिडियामा आफना कुरा राख्न बाध्य भएको कुशवाहाले बताए ।

प्रकाशित मिति: Dec 6, 2017

प्रतिक्रिया दिनुहोस्