Logo
२१ मंसिर २०८१, शुक्रबार
(December 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुण्डा-डनको त्रास देखाएर जित्ने निधिको योजना

दिब्या कर्ण, जनकपुर : विगत केहि दिन देखि जनकपुरको राजनीतिमा संजय टक्लाको नाउँ बिमलेंद्र निधिसँग निकै जोडिएर राम्रो संबन्ध स्थापित भएको जस्तो गरेर आउने गरको छ। संजय जनकपुर क्षे्त्रबाट निर्वाचित प्रतिनिधि पनि भएका हुन। चुनावको मध्यमा संजयसँगको जेल अन्तर्वार्ता पनि प्रकासमा आएको हो। पौराणिक धामको रुपमा स्थापित जनकपुरधाममा संजयको दबदबा एक किसिमले भनि न सक्नु हो।

संजयको शुरुवाती दिन जनकपुरमा ठेकेदारी मार्फ़त पहिचान स्थापनाको थियो। स्थापित पनि भएँ। त्यसबेला संजयले व्यापरिक सुरक्षा अन्यबाट गरको कारणले दोस्रो संविधान सभाको निर्वाचनमा पनि आफ्नो टतस्थता कायम राखें।

बिमलेंद्र निधि मधेस आंदोलन दौरान एकदिन पनि मधेसको सडकमा आम आंदोलनकारी सँगै त्यो दुःखद घडिमा भाग लीन आएनन। बहुमत मधेसीको आँखा, छातीमा गोली दागिएको बेला सुशील अर्थात कंग्रेस सरकार थियो। जस बेला ४दर्जन ऊपर मधेसीहरुको पाश्विक शिकार गरिएको थियो। कोट पेंटमा सज्जिएको ऊनी ठुल-ठुला व्यक्तित्व सँगको भेटघाटको दृश्य सहित संविधानमा फास्ट ट्रयाक मार्फ़त ल्याउन मैं आफ्नो दैनिकी व्यस्त राखे। अंततः मधेस विरोधी संविधन हस्ताक्षर गरी सबैमाथि थुपार्न पनि लगाए। ऊनी सहीद विरोधी संविधानमा हस्ताक्षर गरेर गर्व महशुस। गर्दैछन।

जनकपुरको माहौलमा जनकपुरको दुई डनहरुको आतंकको चर्चा राष्ट्रीय अंतराष्ट्रीय पत्रिकामा समेत उल्लेख नभएको होइन। दिनदहाडे गोली, दुई समूहबीच सार्वजनिक ठाउँमैं हानाहान हुँदा जनकपुरको माहौलमा सम्भावना देखिएका जनकपुरको समुदाय ‘ फ्रंट’मा आउँन डराउँथे। जनकपुरको माहौलमा आम साधारण भयभीत भएर हिड्नु पर्थ्यों।

सिरहाको करागरबाट अन्तर्वार्ता दिएका संजय साह टक्लाले केवल एक पक्षबारे मात्र बोलेका छन।आफुलाई इश्वरको संज्ञा दिदै बिमलेंद्र निधि र आफ्नो जानी दुश्मन जीवनाथ चौधरीबारे एक शब्द पनि नबोलेर जेलबाट निकालिदिने आशमा कहानिको प्रमुख पात्र निधि र चौधरीको कृत्यलाई गुमनाम राखेका छन।

जनता भनेको निधिसँगको टक्ला र चौधरी कनेक्शनले फेरी पनि जनकपुरको माहौल बिग्रिने भनेर चिंतित छन। कंग्रेस भित्रकै कार्यकर्ताहरू चौधरी र संजयको वर्चस्व भए पार्टिभित्र बोल्ने वातावरण नरहेको र झनै त्रसीत वातावरण निर्माणको कल्पना गर्दै निधि बिरुद्ध गुप्त रुपमा ग्राउंड तयार पारीरहेका छन। बम विस्फोटको श्रृंखला पनि त्यसकै एक अनुरूप हो।

जनताहरू माझ नयाँ चर्चो के पनि रहेको छ भने, दुई जानी दुश्मनलाई एउटा ग्राउंड ल्याउने निधि आफै कति ठुलो डन हुन हुन जसले आफ्नो रैलीमा निधि मतलव बिधि भाव प्रकट गर्छन। जो निधि होइन भने विकास होइन। निधि न गरको आंदोलनलाई अधिकार होइन, सहीदलाई सम्मान होइन।
संजय जेल बाट छूटे आफु सेफ नरहने सोचले निधिको नजिक मानिने चौधरी पनि मनले निधिलाई निर्वाचनमा सहयोग नगरेको कतिपयको भनाई छ।

निधिको शियाशत खड़ा गर्न बाहिरि रुपमा केहि व्यक्ति परिचालित भएतापनी त्यो वर्ग नै आंतरिक रूपले महतोलाई सघाई रहेको अवस्था छ।

राजेन्द्र महतो आफ्नो प्रतिद्वंद्वी सम्झनु भन्दा पनि वाहिरिया भनेर प्रचार गर्दै लानु एक प्रकारको अघोर नीति अख्तियार गर्नुले निधि छविलाई जनता सामु संकुचित मधेस बिरोधी पारेको बुझाई छ।

एकले आफुलाई ‘भगवान’, अर्कोले आफुलाई आफैलाई ‘हेवी वेट च्यामियन’ घोषणा गर्नु नै अहंकारको मातमा रमेर नष्ट हुनु बाहेक अरु केहि होइन।

यिनै कुरामा आफ्नो अलग व्यक्तित्व स्थापना गर्नु, आन्दोलनक्रममा कुटाई खानुले राजेन्द्र महतोको अलग पहिचान बनाएको छ। तयसकारण पनि राजेन्द्र महतोको सकारात्मक प्रतिमबिम्ब जनकपुर लगायत मधेसमा कायम छ ।

प्रकाशित मिति: Dec 4, 2017

प्रतिक्रिया दिनुहोस्