Logo
२९ मंसिर २०८१, शनिबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्तरीय बिद्यालय र शुद्ध खानेपानी आफ्नो प्राथमिकता : डा. कोइराला

बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो प्राथमिकता स्तरीय बिद्यालय र शुद्ध खानेपानी भएको बताएका छन् । आफ्नो चुनावी क्षेत्रमा आयोजित कोणशभालाई सम्बोधन गर्दै उनले सबै नागरिकले स्तरीय शिक्षा र खानेपानी पाउनु पर्छ भन्ने मान्यतामा आफू केन्द्रित रहेको बताए ।

‘म सरकारी स्कुलमा पढेर डाक्टर भएको छु’ सम्बोधनका क्रममा उनले भने, ‘तपाई सबैका छोराछोरी जो, सरकारी स्कुलमा पढ्छन्, उनीहरु पनि डाक्टर बन्न सक्ने स्तरीय शिक्षा त्यहाँबाट पाउने कुराको शुनिश्चिततामा मेरो ध्यान रहने छ ।’ उनले मानव जीवनलाई स्वस्थ बनाइराख्नका लागि शुद्ध पानी पहिलो शर्त भएकाले सबै नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने गरी योजना बनाउन आफु आतुर रहेको पनि बताए । ‘शुद्ध पानीले तपाई हाम्रो जीवनलाई स्वस्थ्य बनाउछ’ डा.कोइरालाले भने, ‘यो कुरा पनि पुरा गर्न नसक्ने हो भने राजनीति गरेको अर्थ रहदैन ।’

डा.काइरालाले मतदातालाई आफुले गरेका कामहरुको स्मरण गर्न पनि आग्रह गरे । उनले भने, ‘तपाईले मलाई भोट दिनुहुन्छ कि दिनुहुदैन थाहा छैन, किनभने भोट गोप्य रुपमा दिने कुरा हो, तर मैले जे गरेको छु, खुला रुपमा गरेको छु र तपाईहरुलाई थाहा छ ।’ उनले आफ्नो कामको मूल्याङ्कन गर्न मतदातालाई आग्रह गरे । ‘हिजो बाढीले ठूलो क्षती पु¥यायो, त्यतिबेला तपाइहरुका सामु एक्लो शेखर कोइराला थियो, उसले जे जती सक्यो, तपाइहरुलाई सहयोग ग¥यो’ नेता डा.शेखरले भने, ‘त्यो भन्दा पनि ठूलो कुरा म तपाईहरु पीडामा हुँदा तपाईहरुसंग हुन पाए ।’ उनले आफु र जनताको बीचको सम्बन्ध स्वार्थका लागि हुनै नसक्ने बताउदै, जनताको सेवा आफ्नो दायित्व रहेको प्रष्ट्याए ।

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्