Logo
२९ मंसिर २०८१, शनिबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव जित्न बंमकाण्डका अपराधीको सहयोग लिंदै निधि

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति नै हुने अनुहारका रुपमा चिनिएका विमलेन्द्र निधी चुनाव जित्नका लागि जनकपुर रामानन्द चोक बमकाण्डका अभियुक्त संजय टक्लासँग सहयोग माग्न पुगेका छन् ।

बमकाण्डका मुख्य अभियुक्त टक्लाको सहयोग रहेको कुरा स्वयं निधिले भाषणमा भनिरहेका छन् । र, जनकपुरका रेडियोमा जेलबाटै साहले निधिलाई चुनावमा सहयोग गरेको भनेर अन्तर्वार्ता दिइरहेका छन् । आजभोलि प्रत्येक दिनजसो निधिले संजय टक्लाको अन्तर्वार्ता प्रशारण गर्न लगाइरहेका छन् ।

निधिलाई जनताको मत भन्दा पनि टक्लाको सहयोगले निर्वाचन जित्ने झिनो आशा बाँकी रहेको छ । धनुषा ३ मा राजपाका राजेन्द्र महतोको पक्षमा माहौल बन्दै गएपछि निधि आत्तिएर अपराधी टक्लाको सहयोग लिन पुगेका छन् । पूर्वगृहमन्त्री र कांग्रेसको उपसभापति तहको नेताले अपराधीको सहयोगमा चुनाव जित्ने कुराले धनुषाबासीहरु सशंकित भएका छन् ।

भारतको बिहार र उत्तर प्रदेशको राजनीतिमा बाहुबलीहरुको आडमा चुनाव जित्ने गरेका नेताहरु पछि तिनकै कारण बदनाम भएका र सत्ताच्यूत भएको उदाहरण नितिशकुमार र योगी आदित्यको उदयले पुष्टी गरेको छ । बाहुबलीको आडमा जितेका मुलायम सिंह यादव र लाल् यादव सत्ताबाटै बाहिरिरिनुपरेको दृष्टान्त छ ।

धनुषा ३ मा निधिले जनताको मतबाट नजित्ने देखेपछि जेलमा कारबास संजाय भोगिरहेका अपराधी टक्लाको सहयोग लिन पुगेका छन् । विगतमा तिनै निधिले टक्लालाई बमकाण्डमा जेलमा कोचेर अर्का बाहुबली जीवनाथ चौधरीलाई संरक्षण गर्दैआएका छन् । अहिले निधिको आडमा जीवनाथ चौधरीले जनकपुरमा हुने अपराधिक क्रियाकलाप, तस्करी र भ्रष्टाचारको साम्राज्य चलाएका छन् भन्दै दृष्टिमा समाचार छ ।

धनुषाको अपराध जगतमा जीवनाथ चौधरी र संजय टक्लाको नाम अग्रपंक्तिमा आउँछ । निधिले नै जीवनाथलाई संरक्षण गरी आफूलाई जेलमा सडाउन षडयन्त्र गरेको कुरा टक्लाले भन्दैआएका छन् ।
राजेन्द्र महतो र निधिको लडाइँमा वाम गठबन्धनका उम्मेदवार राज्यमन्त्री रामसिंह यादवले जित हासिल गर्ने संभावना धनुषा ३ मा बढ्दै गएको छ ।

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्