Logo
२९ मंसिर २०८१, शनिबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मत माग्न सहिदको तस्वीर प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले सहिदको तस्वीरलाई दुरुपयोग गरेर भोट नमाग्न दलहरुलाई चेतावनी दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनको तस्वीर, ध्वनी तथा सहिदको तस्वीर प्रयोग नगर्न भनेको छ ।

 

प्रदेश २ मा मधेस केन्द्रीय दलहरुले आन्दोलनका क्रममा मारिएकाहरुको तस्वीर, आन्दोलनको भिडियो प्रयोग गरेर भोट मागिरहेका छन् । अन्य दलहरुले यसबारे आयोगको ध्यानाकर्षण गराएका छन् ।

आयोगका प्रवक्ता नवराज ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता सामाग्रीहरु निर्वाचन आचार संहिता विपरीत भएका र यस्ता सामग्रीहरुबाट सहिदको सम्मानमा समेत आघात पुग्ने भइकाले तत्काल हटाउन निर्देशन दिइएको छ ।’

आयोगले अटेरी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र अनुगमनकर्तालाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्