Logo
२३ मंसिर २०८१, आईतबार
(November 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काङ्ग्रेस चुनावी सभास्थलमा बम विस्फोट, बालकसहित ४ घाइते

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर नौ स्थित भलाद्मी टोलमा बम विस्फोट भएको छ । नेपाली कांग्रेस महिला संगठनको चुनावी सभास्थलमा बम विस्फोट हुँदा एक बालकसहित चार जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । उनिहरुको वीपी कोइराला धरानमा उपचारका लागि लगिएको छ भने २ जनाको स्थानीय एपेक्स अस्पतालमा उपचार भइरहेको छ ।  एक बर्षका बालक यौवन न्यौपाने, सुम्रिन अधिकारी, गिता आचार्य धनबहादुर श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

उक्त कार्यक्रममा कांग्रेस नेता विजय गच्छादारकी श्रीमति निर्मला गच्छदार प्रमुख अतिथिका रुपमा सहभागि कार्यतालिका रहेको थियो । तर, कार्यक्रमस्थलमै बम पडिकएपछि सहभागिहरु आतंकित बन्दै भागादौड भएका थिए ।

प्रकाशित मिति: Nov 30, 2017

प्रतिक्रिया दिनुहोस्