Logo
२३ मंसिर २०८१, आईतबार
(November 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यहाँ जातीयता छैन, त्यसैले मेरो जितमा शंका छैन : कोइराला  

टाेमराज मेहता , सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ( ख) का उम्मेदवार तथा नेपाली काङ्ग्रेस सुनसरीका सभापति राजिव कोइरालाले आफ्नो जितमा कुनै शंका नरहेको बताएका छन्  ।

निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई निरन्तरता दिदै कोइरालाले मतदाताहरुको उत्साह जनक सहभागिताले आफ्नो पक्षमा माहौल सृजना भएकोले आफनो जितमा कुनै शंका नरहेकोले मंसिर २१ पछी बिजियी जुलुस मनाउन तैयार रहन मतदाताहरुलाई अनुरोध समेत गरेका छन ।

उनले भने, सुनसरीमा प्रतिनिधिसभाका लागि ४ र प्रदेश सभाका लागी ८ जना दक्ष , योग्य , स्वच्छ छवि र नेपाली राजनीतिमा अनुभव बटुलेका परिपक्क व्यत्तिलाई चुन्ने जिम्मेवारी  सुनसरीबासीको काधमा छ ।

दोश्रो चरणमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मिति एक हप्ता बाकी रहदा सुनसरीमा बल्ल चुनावि माहौल तातेको छ ।

सुनसरीमा निर्वाचन मिति नजिकिएसङ्ग नेपाली काङ्ग्रेसको लोकतान्त्रिक गठवन्धन र वाम गठवन्धनबिच कडा प्रतिस्पर्धा हुने निश्चित भएको पाइएको  छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ( ख ) मा उम्मेदवार बनेर गाउँ गाउँमा निर्वाचनको समय मात्र नगएर समय समयमा टाेलटाेल , वडा , वस्ती र गाउँमा आफू निरन्तर गई जनताको समस्या र हाल खबर बुझन कन्जुस्याइँ नगरेको राजिव कोइरालाको भनाइ छ ।

आफू काङ्ग्रेस सुनसरीको सभापति हुनु भन्दा पहिलेदेखि नै नेपाली राजनीतिना सक्रिय भएर सबैको घरदैलोमा पुग्ने अहम भुमिका खेलेको हुँदा अरु उम्मेदवार जस्तो आफू निर्वाचनको मुखमा भोट माग्न नआएको कोइरालाको जिकिर छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ( ख) का उम्मेदवार तथा काङ्ग्रेस सुनसरी सभापति कोइरालाले आफ्नो कसैसङ्ग प्रतिस्पर्धा नरहेको बताउदै आएपनी उनी सङ्गै सो निर्वाचन क्षेत्रमा वामगठवन्धनका उम्मेदवार रामप्रसाद मेहताबिच कडा प्रतिस्पर्धा हुने पक्का पक्की भएको छ ।

नेपाली काङ्ग्रेस सुनसरीको सभापति राजिव कोइराला र तत्कालीन काङ्ग्रेस सुनसरी उप सभापति रामप्रसाद मेहता बिच कडा प्रतिस्पर्धा हुने भनिएता पनि राजिव कोइराला मेहता भन्दा प्रभावशाली उम्मेदवार भएको जनचर्चा रहेको छ ।

काङ्ग्रेस सुनसरी सभापति कोइरालाले जनतामा जोस जागर बल्ल आउन थालेकोले आफ्नो पक्षमा ग्रामीण क्षेत्रका मतदाताहरुको लहर बढदै गएको बताए ।  मतदाताहरु उत्साहित हुँदै गएकोले आफ्नो जित सुनिश्चित भएको ठाेकुवा गर्नु भएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ ,३ र ४ मा काङ्ग्रेसका पक्षमा जनलहर बढदै गएको हुँदा काङ्ग्रेसका उम्मेदवार मजबुत भएको कोइरालाले बताए । उनले भने – मंसिर २१ मा काङ्ग्रेसको चुनाव चिन्ह रुख छाप गाछीमा मतदान गर्न मतदाताहरु ललाहित भएका छ्न ।

प्रकाशित मिति: Nov 29, 2017

प्रतिक्रिया दिनुहोस्