Logo
१३ बैशाख २०८१, बिहीबार
(November 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीका अंगरक्षकको हृदयघातका कारण निधन

मोरङ : हृदयघातका एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ । विना विभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार बिहान निधन भएको हो ।

मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार मन्त्री मण्डलका अंगरक्षक नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको हो ।

वाम गठबन्धनबाट मोरङ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री मण्डलको विराटनगर–१ पोखरियास्थित निवासमा बुढालाई राति असहज महसुस भएपछि उपचारका लागि स्थानीय विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।

राससका अनुसार उपचारका लागि नर्सिङ होम पु¥याउनासाथ राति नै बुढालाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

शवलाई सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिए ।

प्रकाशित मिति: Nov 28, 2017

प्रतिक्रिया दिनुहोस्