Logo
६ बैशाख २०८१, बिहीबार
(November 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता सिटौलाको घर पछाडि बम विस्फोट

काठमाडौं : झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरमा सामान्य क्षति भएको छ । गएराति करिब १२ः४५ को समयमा भएको सो विस्फोटबाट शंकास्पद एकजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति: Nov 28, 2017

प्रतिक्रिया दिनुहोस्