Logo
२९ मंसिर २०८१, शनिबार
(November 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनयुद्धमा कोख रित्तिएका र सिन्दुर पुछिएका परिवारप्रति क्षमायाचना गर्न प्रचण्डसंग थापाको आग्रह

काठमाडौं : उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुत्रवियोगमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई यहीबेला सशस्त्र युद्धमा मारिएका परिवारप्रति क्षमायाचना गर्न आग्रह गरेका छन् ।

माओवादी अध्यक्ष दाहाल पुत्र प्रकाशको आइतबार बिहान निधन भएको थियो । बिहीबार लाजिम्पाटमा आयोजित श्रद्धाञ्जली सभामा दाहालले पुत्रवियोग जीवनको सबैभन्दा ठूलो शोक रहेको बताएका थिए । २०५२ देखि २०६३ सम्म चलेको माओवादी सशस्त्र युद्धमा १६ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएका थिए ।

सामाजिक सञ्जाल ट्वीटरमा शुक्रबार बिहान थापाले लेखेका छन्, ‘पुत्ररपुत्री शोकको पीडा कति असह्य हुन्छ शब्दमा वर्णन गर्न सकिन्न।प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्नगएको क्षतिमा सबैको सहानुभूति रहेको छ । विह्वलको यसघडीमा अन्यथा अर्थ नलाग्ने होभने जनयुद्धको क्रममा कोख रित्तिएका र सिन्दुर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना सायद सान्दर्भिक हुनेथियो।’

 

प्रकाशित मिति: Nov 24, 2017

प्रतिक्रिया दिनुहोस्