Logo
१९ मंसिर २०८१, बुधबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रकाशको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै गायकलाई हृदयघात

चितवन : गायक तथा पूर्वसांसद खुसीराम पाख्रिनलाई हृदयघात भएको छ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउने क्रममा पाख्रिनलाई हृदयघात भएको हो ।

वाम गठबन्धनले मंगलबार दाहालको श्रद्धाञ्जली सभा चितवनमा आयोजना गरेको थियो। श्रद्धाञ्जली सभामा भाग लिन एमाले र माओवादी केन्द्रका शिर्ष नेता चितवन पुगेका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बलराम तिमल्सिनाका अनुसार कार्यक्रममा गीत गाइसकेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।

 

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्