Logo
२३ मंसिर २०८१, आईतबार
(November 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रकाश दाहालको निधन पश्चात अस्पतालमा सुरक्षा व्यवस्था कडा

काठमाडौं  : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भए पश्चात अस्पतालमा हाल सुरक्षा ब्यवस्था कडा पारीएकाे छ । गम्भीर बिरामी परेका दाहाललाई उपचारमा संलग्न डाक्टरहरूको टोलीले मृत घोषित गरेपछि अस्पताल भित्र र बाहिर शुरक्षा ब्यवस्था कडा पारिएकाे हाे ।

गएराति आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका उनलाई बिहान साढे ५ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो ।  उनका बुबा झापामा रहेकाले उनी आएपछि मात्रै हस्पिटलले डिक्लियर गर्ने नर्भिक अस्पताल श्राेतले जनाएकाे छ । ‘बिहान साढे ५ बजे प्रकाशलाई नर्भिक अस्पताल पुर्याइए पनि डाक्टरहरुले तत्काल मृत घोषणा गरेका थिए ।

प्रचण्ड अहिले केही बेरमा हेलिकप्टरमार्फत झापाबाट फर्कदैछन् भने दिदी रेणु चितवनबाट काठमाडौं फर्कदैछिन् । प्रकाशकी पत्नी बिना मगर भने कञ्चनपुरमा छिन् । उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतितिनिधिसभा सदस्यकी उम्मेदवार हुन् ।

प्रकाशित मिति: Nov 19, 2017

प्रतिक्रिया दिनुहोस्