Logo
२१ मंसिर २०८१, शुक्रबार
(November 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मर्निङ वाक’ निस्किएका प्रचण्डलार्इ कांग्रेस कार्यालयमा स्वागत (फोटो-फिचर)

चितवन । भनिन्छ, यो राजनीतिमा जे पनि हुन्छ र बाचिरहे के-के देखिन्छ के-के । सधैंकाे मर्निङ वाकझैं बिहीबार बिहान पनि नेकपा माअाेवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिवनगरबाट मर्निङ वाकका लागि निस्के । भरतपुर-२१ काे माइली चाेकमा नेपाली कांग्रेस पार्टी कार्यालयमा नेता-कार्यकर्ता व्यस्त थिए ।

उनीहरुले प्रचण्डलाई बाेलाए र प्रचण्ड कांग्रेस कार्यालय पुगे । कांग्रेस कार्यकर्ताले प्रचण्डकाे भव्य स्वागत गरे । त्यसपछि चिया गफ सुरु भयाे । कांग्रेस कार्यकर्ताले भने “तपाईं चितवनका लागि चाहिने नेता हाे । धेरै नेतालाई जिताइयाे । तर, चितवनकाे विकासका लागि कसैले केही गरेनन् । अन्तिम अाशा हजुरकै छ, अब चितवनमा केही हुन्छ कि भन्ने अाशा जागेकाे छ ।” अर्का कार्यकर्ताले थपे, “हामी हजुरकै अभियानमा हिड्थ्याैं, अलि ढिलाे अाउनुभयाे ।

तैपनि हाम्राे ठाउँबाट हामी के गर्नुपर्छ गर्छौं । हजुरले चितवनमा जित्नैपर्छ ।” सबैका कुरा सुनेपछि चियाकाे सुर्की लिँदै प्रचण्डले भने, “हिजाे राजतन्त्र थियाे, सामन्तीतन्त्र थियाे । राजनीतिक लडाई मूख्य थियाे । अब अान्दाेलन गर्नु छैन, राजनीतिक लडाई गर्नु छैन् । अबकाे लडाई समृद्धिकाे हाे, विकासकाे हाे । चितवनकाे विकास गर्ने संकल्प लिएर अाएकाे छु, त्यसमा तपाईहरुकाे साथ चाहिन्छ ।” यसाे भनिरहँदा प्रचण्डकाे भनाईमा सबैले सहमति जनाए ।

 

प्रकाशित मिति: Nov 17, 2017

प्रतिक्रिया दिनुहोस्