Logo
१९ मंसिर २०८१, बुधबार
(November 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सितारामको चुनावी अभियानमा अवरोध बन्दै स्वर्गीय ‘अरविन्द मेहताको छाँया’

राज मेहता,

सुनसरी स्थित निर्वाचन क्षेत्र नम्बर २ मा यतिबेला बेग्लैखालको रोचक चुनावी माहोल देखिएको छ । पुर्वमन्त्री एवं निर्वतमान सांसद सिताराम मेहताले सहजै जित्ने भनिएको उक्त क्षेत्रमा यत्तिबेला स्वर्गिय अरविन्द मेहताकी कान्छि पत्नी मुन्नादेवी मेहताले चुनावी अवरोध गर्ने प्रयासमा जुटेकीछन् ।

तत्कालिन सुनसरी जिविस सभापति अरविन्द मेहता सुनसरी उक्त क्षेत्रका निकै स्थापित स्थानिय नेता मानिन्थ्यो तर गतवर्ष उनको मृत्यु भएको हो भने उनको विरासत राजनीतिलाई उनकी कान्छी श्रीमति मुन्नादेवीले निरन्तरता दिएकी हुन । मुन्नादेवीलाई यत्तिबेला स्वर्गीय अरविन्दका छायाँ उम्मेदवार पनि भन्ने गरिएको छ । पछिल्लो निर्वाचनमा सिताराम मेहतासंगै चुनावी हारेका स्वर्गीय मेहताकी पत्नीले यसपाली सितारामका विरोधमा राजपा नेपालबाट उम्मेदवार रहेकीछन् ।

अरविन्दको राजनीतिलाई निरन्तरता
सदरमुकाम इनरुवा केन्द्र भागको राजनीतिमा कुनै समय अरविन्दप्रसाद मेहता मुख्य पात्र रहेका थिए । उनको जीवनमा उनले समर्थन गर्ने राजनीतिक दलले चुनावमा जित हासिल गर्ने पूर्व अनुमान राजनीति वृतमा गरिन्थ्यो । बहुदलीय व्यवश्था स्थापना पछाडि सवै चुनावमा उनी सुनसरीको राजनीतिमा ‘हर्ट पोल्टिसियन’ रुपमा उदाईरहे । कहिल्यै पछाडि फर्केर हेर्नु परेन पञ्चायत कालमा इनरुवा नगरपञ्चायतको पहिलो प्रधानपञ्च भए बहुदलपछि जिविस उपसभापति हुँदै सभापति र सभासदको उम्मेदवार बनेका अरविन्द अहिले हामी माँझमा यो संसारमा छैनन् ।

काग्रेस नेता स्व. गिरिजाप्रसाद कोइरालादेखी विजय गच्छदारसम्मले उनको साथ र समर्थन सधै यस क्षेत्रमा लिने गरेका थिए । मधेश आन्दोलनदेखी उपेन्द्र यादवले उनको साथ लिएर सुनसरीको ३ वटा निर्वाचन क्षेत्रमा मधेशी जनअधिकार फोरम नेपाललाई जित हासिल गराउन सफल भए । संविधानसभाबाट संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा उनको राजनीतिक विरासतलाई निरन्तरता दिदै उनकी विधवा (एकल महिला) मुन्नादेवी मेहता सुनसरी क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका रुपमा राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट खडा भएकी छिन ।

स्व. पति अरविन्दप्रसाद मेहताको अहिले नै बोल्लान कुराकानी गर्लान झै देखिने तस्वीर भएको व्यानरको तल आफ्नो परिचय दिदै चुनावी मैदानमा जनताको घरदैलोमा पुग्ने गरेकी मुन्नादेवीलाई अरु उम्मेदवार जस्तो धेरै समय आफुलाई चिनाउन खर्चिनु परेको छैन । सवैले उनलाई अरविन्दको नामबाट सहज रुपमा चिन्ने गरेका छन । तर उनी यस पटक सुनसरीमा स्थापित नभएको राजपाको संगठन निर्माणसँगै चुनाव प्रचारको दोहोरो जिम्मेवारी निर्वाह गर्दै मतदाताहरुको घरदैलोमा पुग्न थालेकी छिन ।

जुनसुकै गाउँमा गए पनि महिलाहरुले चुनावी मार्हौलमा साथ दिदै सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्ने गरेको, पतिको राजनीतिक विरासत, मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको राजापको प्रतिनिधि भएको र उनले उम्मेदवारी दिएको क्षेत्र मधेसी बाहुल्य क्षेत्र भएकोले ठुला दलका उम्मेदवारहरुलाई कडा चुनौति दिने विश्लेषण क्षेत्रको राजनीतिमा गर्न थालिएको छ । यो क्षेत्रको एक्लो महिला उम्मेदवार रहेकोले ६७ हजार महिला मतदाता उनीप्रति सकारात्मक देखिएका छन । यो सकारात्मकता मतको रुपमा ब्यालेटबक्ससम्म पुगे उनलाई कसैले पनि रोक्न नसक्ने स्थिति छ ।

हिजो ठुला दलका नेताहरुले जनताका झुठ्ठा आश्वासन दिएर चुनाव जितेका थिए चुनाव पछि उनीहरु फर्केर फेरी जनताका विचमा नगएकाले यस पटक आधा भन्दा बढी हिस्सा ओगटेका महिला मतदाता र अन्य मतादाताहरुले आफुलाई सहयोग गर्ने स्थिती रहेकाले चुनावमा आफ्नो पक्षमा नतिजा आउने दावी मुन्नादेवीले गरेकी छिन । उनले ठूला दलका उम्मेदवारहरुले सधै यहाँका मतदातालाई झुक्याएर मत लिएर केही नगरेको इतिहास, आफ्नो पतिले यो क्षेत्रको राजनीतिमा पु¥याएको योगदान, मधेसको विरासत र महिलाको एक्लो प्रतिनिधि भएको हिसावले पनि आफूसँग पुराना कुनै पनि नेताहरुको प्रतिष्पर्घा नहुने उनको दावी छ ।

सीतारामको घरदैलोमा उर्लदै जनसहभागिता
यता, सुनसरी क्षेत्र नम्वर २ का नेपाली कांग्रेस तर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सीताराम मेहताले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । इनरुवा १ बाट चुनावी प्रचारका रुपमा घरदैलो कार्यक्रम अघि बढाएका मेहताको साथमा कार्यकतासँगै स्थानीयको सर्मथनसमेत बढ्दो छ । पार्टीको चुनावी नारासहित स्थानीय उम्मेदवार र सुनसरीको राजनीतिसँगै विकास निर्माणमा निर्वाह गर्दै आएको भूमिकालाई आधार मानेर मेहता यतिवेला मतदाताका घरदैलोमा पुगिरहेका छन् ।

सबैको साथ र बढ्दो समर्थनले हौसिएका मेहताले सुनसरी क्षेत्र नम्वर २ मा आफ्नो जितको आधार मजबुत बन्दै गएको प्रतिकृया दिएका छन् । वर्णमालासँगको कुराकानीका क्रममा मेहताले सुनसरी २ मा आफ्नो प्रतिष्पर्धी नभएको दावी गरे । उनले बाम गठबन्धनका उम्मेदवारलाई सहजै पराजित गर्ने दावी समेत गरे । आफु स्थानीय क्षेत्रको उमेदवार भएको र सबैले रुचाएको व्यक्ति भएकाले आफ्नो जित अकाट्य रहेको उनको भनाई छ । घरदैलोमा व्यस्त देखिने मेहताले मत माग्ने क्रममा स्थानीय र योग्य उमेदवारलाई जिताउन मतदाता समक्ष आग्रह गर्दै आएका छन् ।मेहता भन्छन्–मैले अझै धेरै गर्न बाँकी छ । अधुरा कामहरु क्रमशः पुरा हुने क्रममै छन् ।

सांसद बनेपछि स्थानीय तहमा चालेका विकास निर्माण र प्रकृयामा रहेका विकासे चरणहरु अघि बढ्ने क्रममा छन् । जसको निरन्तरताकालागि यस क्षेत्रका मतदाताले आफुलाई साथ दिने उनको विश्वास छ । आफ्नो जितमा ढुक्क देखिएका मेहताले इनरुवा बजार क्षेत्रसहित दक्षिणी भेग र इटहरी उपमहानगर हुँदै रामधुनी नगरपालिकाका वडाहरुमा घरदैलो र चुनावी कार्यक्रमहरु गर्दै आएका छन् । मेहताले सोमबार विहान इनरुवा बजार क्षेत्रमा घरदैलो कार्यक्रम गरेका थिए ।

बजार क्षेत्रमा रहेका मतदाताका घरदैलोमा पुगी मत माग्न व्यस्त देखिएका मेहताले सद्भावना पार्टीका केन्द्रीय सदस्य डा. जितनप्रसाद मेहतासहितका दुई दर्जन बढी नेता कार्यकर्तालाई कांग्रेसमा पार्टी प्रवेश गराए । मेहताले सोमबारबाटै क्षेत्र नम्वर २ अन्र्तगतको इटहरी उपमहाननगरपालिका क्षेत्रमा समेत घरदैलो कार्यक्रमको थालनी गरेका छन् ।

प्रकाशित मिति: Nov 17, 2017

प्रतिक्रिया दिनुहोस्