Logo
२३ मंसिर २०८१, आईतबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाको प्रतिकृय : राष्ट्रपति ट्रम्पले आफूलाई ‘विध्वंसकारी’ का रुपमा पुष्टि गरेको आरोप

एसियाको पहिलो भ्रमणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई ‘विध्वंसकारी’ का रुपमा पुष्टि गरेको आरोप उत्तर कोरियाले लगाएको छ । ट्रम्पले कोरियाली प्रायद्वीपमा ‘युद्धका लागि विन्ती गरेको’ पनि उत्तर कोरियाले बताएको छ । ट्रम्पले दक्षिण कोरियाली संसदमा सम्बोधन गर्दै आफूलाई कम नआँक्न चेतावनी दिएका थिए ।

‘ट्रम्पले आफ्नो भ्रमणमा विश्व शान्ति र स्थायित्वको विध्वंसकको रुपमा आफ्नो वास्तविक चरित्र उदांगो पारेका छन् र कोरियाली प्रायद्वीपमा आणविक युद्धका लागि बिन्ती गरेका छन्,’ उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले एक वक्तव्यमा भनेका छन् । ती प्रवक्ताले आणविक हतियार प्राप्त गर्ने प्योङयोङको चाहनालाई कसैले रोक्न नसक्ने पनि बताएका छन् । एजेन्सी । 

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्