Logo
२१ मंसिर २०८१, शुक्रबार
(November 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनै बेला “दुश्मन” झै रहेका निधिले बमकाण्डका नाईके ‘टकला’ को समर्थन लिने !

  1. काठमाण्डौ :  तत्कालीन जनकपुर बमकाण्डका नाईके संजय टकलाले नेपालि कांग्रेसका नेता बिमलेन्द्र निधिलाई समर्थन गर्ने दाबि गरिएको छ । धनुषा-३ नम्बर क्षेत्रबाट  प्रतिनिधि सभाको लागि लागि उम्मेदवार भएका पुर्व उपप्रधानमन्त्री र गृहमन्त्री समेत रहेका निधिले आफै यसको खुलासा गरेका छन् । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो आफु विरूद्ध उम्मेद्वारी दिए पछि आफ्नो जीत सुनिश्चित गर्न निधिले काठमाण्डौको नक्खु जेलमा कारागार जीवन बिताई रहेका संजय टकलाको समर्थन लिने भएका छन् ।

जनकपुरको रामानन्द चौकमा धर्नामा बसेका बेला संजय टकलाको योजनामा त्यहाँ बम बिष्फोट गराइएको प्रहरी अनुसन्धानले जनाएको छ । विस्फोटमा मिथिला नाट्यकला परिषद (मिनाप) की कलाकार रञ्जु झा, जनकपुर–८ का सन्त विमलशरण दास, जनकपुर–८ कै व्यवसायी सुरेश उपाध्याय र नगरमा माइकिङको काम गरेर जीविकोपार्जन गर्ने जनकपुर–१० का झगरु मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । बमको छर्रा लागेर गम्भीर घाइते भएका बेंगाशिवपुर–२ का जितेन्द्र दासको उपचार क्रममा पछि मृत्यु भएको थियो ।

जनकपुरमा आफु बिरुद्ध बन्दै गरेको माहौलको अनुमान लागे पछि बिमलेन्द्रले हत्याकाण्ड र बमकाण्डक आरोपीको पनि समर्थन लिन पछि परेनन् । जनकपुरमा भएको बमकाण्डका मुख्य नाईके टकलाको समर्थन लिने खबर बाहिर आए पछी जनकपुरको राजनीतिक माहौल एकपटक फेरी तरंगित भएको छ । जनकपुरको चुनावमा टकला समर्थकहरुको मत निर्णायक हुने भएकोले निधिले आफ्नो राजनीतिक दुश्मनसंग हात मिलाएको उनि निकट स्रोतले जनाएको छ। निधि बिरुद्ध महतो चुनावी मैदानमा उत्रे पछि जनकपुरको चुनावि सरगर्मी निकै रोमान्चक भएको छ ।

तर निधिको यस कदमले नेपालि कांग्रेस भित्र रहेका उनका व्यापारिक पार्टनर जीवनाथ चौधरी समेत पुराना समर्थक नेता कार्यकर्ताहरु रिसाएका छन् । साथै निधिको यस कदमले जनकपुरको बौद्धिक जमात देखि लिएर यहाँका सम्भ्रान्त वर्गमा निधि प्रति रोष व्याप्त भएको बुझिन्छ ।

प्रकाशित मिति: Nov 4, 2017

प्रतिक्रिया दिनुहोस्