Logo
२१ मंसिर २०८१, शुक्रबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनोनयन दर्ताको तयारी पूरा  : जनकशिक्षामा मतपत्र छपाइ जारी

मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन भने मंसिर १० गते हुँदैछ ।मंसिर २१ गते ४५ जिल्लामा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

त्यसका लागि बिहीबार मनोनयन दर्ताको दिन तोकिएको छ । सम्वन्धित क्षेत्रमा रहेको निर्वाचन कार्यालयमा कार्यालय समयभित्र उम्मेदवारी दर्ता सकिने निर्वाचन आयोगका निर्वाचन कार्यक्रम प्रमुख देशचन्द्र अधिकारीले जानकारी दिए ।

भोलि मनोनयन दर्ता गर्ने दिन भएकाले राजनीतिक दलहरुले अधिकांश क्षेत्रमा आ–आफ्ना उम्मेदवार पनि टुंगो लगाइसकेका छन् । उनले मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको बताए । निर्वाचन आयोगले जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइको काम पनि गरिरहेको छ ।

संवाददता, काठमाडौं, १५ कात्तिक । 

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्