Logo
१५ चैत्र २०८०, बिहीबार
(October 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी क्षेत्र नम्बर २ को (ख) बाट मेहता स्वतन्त्र उम्मेबार बन्ने

तत्कालिन फोरम लोकतान्त्रिकका सुनसरी स्थित स्थानिय नेता बौवालाल मेहताले स्वतन्त्रबाट प्रदेशसभामा उम्मेदबार बन्ने बताएका छन् ।

मेहताले सुनसरी क्षेत्र नम्बर २ को (ख) बाट स्वतन्त्र उम्मेदवारको रुपमा प्रदेशसभामा उम्मेदबार बन्ने आफूले तयारी गरिरहेको बताएका हुन् ।

नागरिक टाइम्ससंग कुराकानी गर्दै मेहताले फोरम लोकतान्त्रिक, काग्रेंस, फोरम नेपाल र राजपाका असन्तुष्ट नेता कार्यकर्ताहरुको साथ र सहयोगमा आफूले उम्मेदवारी दिन लागेको बताए ।

मेहताले आफू साझा उम्मेदबारको रुपमा जनताको चाहना र इक्छा पुरा गर्ने तथा प्रदेशमा असल नेतृत्व हाक्नका लागि स्वतन्त्रबाटै प्रदेश सभामा उम्मेदबार बन्ने र जित्ने समेत दावी गरेका छन् ।

उनले इनरुवाभन्दा दक्षिण क्षेत्रका यूवाजगतले आफूलाई निकै रुचाएकाले दक्षिणी भेगकै उच्च दवाबमा आफूले उम्मेदवारी दिन लागेको बताए ।

प्रकाशित मिति: Oct 30, 2017

प्रतिक्रिया दिनुहोस्