Logo
२१ मंसिर २०८१, शुक्रबार
(August 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी पहिरोलाई बहाना बनाइएर अस्थायी शिक्षकको परीक्षा अनिश्चित

काठमाडौं : अस्थायी शिक्षकको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । शिक्षक सेवा आयोगले १० भदौका लागि तय भएको परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।  यसअघि ३ भदौका लागि परीक्षा तय भएको थियो । तर, अस्थायी शिक्षकहरु आन्दोलनमा उत्रिएपछि परीक्षा सात दिन पर सारेर भदौ १० गतेलाई तोकिएको थियो ।

बाढी पहिरोको कारण सृजना भएको असहज परिस्थिति अझै कायम रहेको र राज्यको सम्पूर्ण ध्यान त्यहीँ केन्द्रीत रहेको बहाना बनाइएको छ । तर, मुख्य कारण आन्दोलनरत अस्थायी शिक्षकहरुसँग सहमति नहुनु भएको स्रोतको दाबी छ ।

परीक्षा सारेपनि सहमति हुन सकेको छैन । आफूहरुसँग सल्लाह नगरी परीक्षाको मिति तोकिएको भन्दै अस्थायी शिक्षकहरुले आमरण अनसन जारी राखेका छन् । पहिले नै गोल्डेन हृयाण्डसेक रोजिसकेका अस्थायी शिक्षकलाई नयाँ सहमति अनुसार फेरि परीक्षामा सामेल गराउनु पर्ने उनीहरुको माग छ ।

शिक्षक सेवा आयोगको वेबसाइटमा राखिएको पछिल्लो सूचना : 

प्रकाशित मिति: Aug 22, 2017

प्रतिक्रिया दिनुहोस्